मुगुमा सामुहिक हत्याः प्रहरीद्वारा अनुसन्धान सुरु

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ को मुन्दु गाउँमा एकै परिवारको सामूहिक हत्याको प्रहरी तालिम केन्द्र नेपालगञ्जबाट कुकुरसहितको आएको टोलीले अनुसन्धान सुरु गरेको छ । घटनामा आमा, दुई छोरा र एक छोरीसहित चार जनाको हत्या भएको थियो ।

हिजो शुक्रवार मुगु प्रहरीले घटनाको दिनभरी सुचना लिने काम गरेको थियो भने घटनास्थलाई सिलगरी रातभरी गाउँ नै पहरादिएको थियो । मुगु प्रहरीले माथिल्लो निकायालाई जानकारी गराएपछी विशेष प्रहरी टोली अनुसन्धानको लागी मुगु पुगेको मुगु प्रहरी कार्यलयले जानकारी दिएको छ ।

छायाँनाथ रारा नगरपालीका वडा नं ६ मुन्दु गाउँकी २६ वर्षिय श्रीदेवी वोहोरा, र उनका ११ वर्षिय छोरा मनोज वोहारा,१ वर्षिय छोरा रहर वोहोरा र ७ वर्षिय छोरी अप्सरा वोहाराको हत्या भएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी गराए ।

हत्या प्रकरणका दोषी र घटनावारे अनुसन्धान गर्न कर्णाली प्रदेशको प्रहरी विशेष टोली र जुम्लावाट आएको टोली र प्रहरी तालीम केन्द्र नेपालगञ्जवाट कुकुर सहीतको टोली शनिवार विहान घटनास्थल छायानाथ रारा नगरपालिकाको मुन्दु गाउँमा पुगी घटनाको सुक्ष्म अनुसन्धान गरीरहेको मुगु प्रहरी प्रमुख प्रनाउ विरेन्द्र थापाले वताए ।

शुक्रवार विहानै ११ वजे गाउँलेले खवर गर्न साथ विस्तृत विवरण वुज्न प्रहरी उपरीक्षक थापाको नेतृत्वमा नै प्रहरी घटनास्थलमा पुगेको थियो । उक्त घटनाको प्रारम्भिक अनुसन्धान अनुसारम मृत्तक आमा श्रीदेवी वोहोरा छोरी सहित ७ गते विहान दशैको टिका थाप्न सोही वडाको तल्लो वस्ती माईती गाउँ कोटील्ला गएका थिए । ८गते वेलुका घर फर्केका उनीहरुको सोही राती हत्या भएको अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

epaper

ताजा समाचार

गर्भकै नीतिको आडमा राजश्व कार्यालय सिमराको कार्य सम्पादन