आईजीपी र प्रहरी दिवसवारे यथार्थ कुरा

राष्ट्रिय दैनिक कान्तिपुरमा गएको असोज ३० गते मंगलबारको अंकको पृष्ठ ५ मा प्रकाशित ‘नेपाल प्रहरी आन्तरिक सुरक्षाको मियो : गृहमन्त्री’ शीर्षकको समाचारले यो स्तम्भकारको ध्यान आकर्षित गरायो । पदीय जिम्मेवारीको हैसियतले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय मातहतको संगठन’bout चर्चा गर्नु स्वाभाविक हो । प्रहरी दिवसका अवसरमा समस्त प्रहरी कर्मचारीको मनोबल बढाउने अभिव्यक्ति दिएर गृहमन्त्री श्रेष्ठले आफ्नो कर्तव्य पूरा गरेको देखियो । तर, त्यही प्रहरी दिवसकै सन्दर्भमा प्रसारित समाचारमा ‘प्रहरीको स्थापना २००७ साल चैतमा भए पनि त्यसको पाँच वर्षपछि २०१२ सालमा मात्रै ऐन जारी भएको थियो । राणा शासनविरूद्ध लडेका मुक्तिसेनालाई समेटेर प्रहरी संगठन स्थापना भएको थियो । राणा शासन अन्त्यसँगै तत्कालीन नेपाली सेना र कांग्रेस सम्बद्ध मुक्तिसेनाका लडाकुलाई समायोजन गरी २००७ साल चैत्रमा नेपाल प्रहरी संगठन स्थापना भएको थियो । सेनाका जर्नेल तोरण शमशेर राणा प्रहरी संगठनका संस्थापक महानिरीक्षक हुन्,’ भन्ने समाचारप्रति स्तम्भकारको असहमति भएको व्यहोरा अवगत गराउँछु । यस’bout तथ्य उजागर नगरिए सर्वसाधारण पाठकमा तथ्यहीन समाचारकै प्रभाव पर्ने । यस’bout यथार्थता उजागर नगरिए वास्तविकता नै लोप हुँदै जाने । क्रमशः इतिहास नै कल्पनामा आधारित बन्न पुग्ने । जानकार व्यक्तिलाई नै समाचारले भ्रमित बनाउने स्तम्भकारको दृष्टिकोण भएकाले यस’bout यथार्थता उजागर गर्दछु । प्रसारित समाचारमा नेपाल प्रहरीको स्थापना २००७ सालमा भएको भनिएको छ । जुन तथ्यहीन र मनगढन्ते हो । नेपालमा प्रहरीको व्यवस्था मल्लकालदेखि नै हुँदै आएको हो । मल्लकालमा प्रहरी कोटवाल (कटुवाल) नामले चिनिन्थे र उनीहरू ठानामा बस्दथे । यस्तैगरी उमराव, फौजदार, नाइके, महान वा माइन्या तथा द्वारे नामबाट परिचित व्यक्तिले अहिलेको प्रहरीकै कार्य गर्दथे भन्ने कुरा नेपाल प्रहरीको इतिहासकै पाना नं. ८२ देखि ८४ सम्म उल्लेख छ ।

२०५१ सालसम्म पहिलो आईजीपी मानिँदै आएका नरशमशेर दोस्रो र २०५२ सालदेखि तोरण शमशेर राणा पहिलो आईजीपी किन मानिए

सन् १८१६ को सुगौलीको सन्धिपछि कुमाउ र गहढवाल नेपालका दुई जिल्ला कटौती भएपछि पहाडी भेगमा ५ र तराई भेगमा ५ गरी नेपाल १० जिल्लामा सीमित हुन पुग्यो । त्यसपछि नै विभिन्न जिल्लामा थानाको व्यवस्था भयो । मध्यतराईको पकौरिया (हालको पर्सा स्थित पोखरिया) मा १८६८ सालमै थाना थियो । १९०० साल अगावै काठमाडौंको थसुहिटी असं (हालको असन)मा पुलिस चौकी, इन्द्रचोकमा कोतवाली थाना भएको अभिलेख त जंगबहादुर राणाले १९०५ सालबाट प्रचलनमा ल्याएको कर्मचारी अभिलेखको पहिलो पुस्तिकामै उल्लेख छ । १९०५ सालअगाडि नेपालका विभिन्न स्थानमा आठवटा अदालत थिए । अदालतको कार्यक्षेत्रभित्र पर्ने पुलिस थानाचौकीका कर्मचारीलाई अदालतले नै परिचालित गराउँथ्यो । पुलिसले पनि अदालतको हाकिमले भनेअनुसारै धरपकड गर्थे । १९२०–२२ सालसम्म हालको ४–५ वटा जिल्ला बराबरको क्षेत्रलाई एउटै थानाले हेर्नुपर्दथ्यो । हालको पर्सास्थित त्यतिखेरको पकौरिया थानाको इलाका पूर्वको मोरङसम्म पर्दथ्यो । ‘मोरङमा तीन वर्ष भयो थानेदार आइपुगेन, अंग्रेजतर्फका डाँकुले सताए, बाँच्न गाह्रो भयो प्रभु’ भनेर मोरङका जनताले राजा सुरेन्द्र विक्रमलाई बिन्तीपत्र नै पठाएका थिए ।

रामदलको निसान आईजीपी नरशमशेरलाई हस्तान्तरण गर्न आयोजित समारोहमा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला सलामी ग्रहण गर्दै २००९ असार ५ गते

१९१० सालकै मुलुकी ऐनको चोरीको महल १ मा ‘कसैको धनमाल हराएमा नजिकको थाना, अदालतमा हुलियासहितको उजुरी दिनुपर्ने व्यवस्था थियो ।’ पुलिसले कुनै सामान बरामद गरे वा फेला पारे, यो कसको समान हो भनी घरघरमा पुगी देखाउनुपर्दथ्यो । सर्वप्रथम संगठित प्रहरीको व्यवस्था नेपालमा १९३८ सालमा राणा प्रधानमन्त्री रणोदीपसिंहले ४, ८ र १२ महिने मिलिसिया पुलिस स्थापना गरेपछि नै भएको थियो । कोतवाली पुलिसको नेपालमा स्थापना १९६४ सालमा भएको थियो । त्यही बेला अमिनी पुलिसको व्यवस्था पनि भएको थियो । तत्कालको पुलिसको तालुक कार्यालयलाई गोश्वारा भनिन्थ्यो । विभिन्न स्थानका पुलिस गोश्वाराहरू आआफ्नै ढंगले परिचालित हुन्थे । मातहतका गोश्वारालाई परिचालित गराउने केन्द्रीयस्तरको पुलिस अड्डालाई सदर पुलिस गोश्वारा भनिन्थ्यो, यो काठमाडौंमा थियो । पहिलो आईजीपी तोरण शमशेर जबराले सिंहदरबारस्थित सदर पुलिस गोश्वारामै २००७ साल चैत्र २८ गते वहाली गरेका थिए ।

२००७ सालको परिवर्तनपछि प्रारम्भदेखि उपरोक्त विभिन्न नामले परिचित पुलिसलाई एकत्रित गर्ने कार्य प्रारम्भ भयो । यस क्रममा उल्लेखित विभिन्न नामले चिनिने पुलिस, रामदल, रक्षा दल, मुक्तिसेना समेतलाई समेटेर २०१२ सालमा पुनर्गठन गरी संगठित प्रहरीको स्थापना भयो । प्रहरीलाई वैधानिक मान्यता दिने क्रममा १२ सालमै प्रहरी ऐन निर्माण गरी २०१२ असोज ३० गते मसान्तको दिन राजा महेन्द्रले लालमोहर लगाएपछि प्रचलनमा आएको प्रहरी ऐन यद्यपि कायम छ । नेपाली सेनाको सहायक रथी पदबाट प्रहरीको आईजीपी बनाइएका तोरण शमशेर जबरा केवल तीन दिनकै कार्यकालपछि पुनः मेजर जनरल पदमा बढुवा भई नेपाली सेनातर्फै फर्किएर १७ सालमा प्रधान सेनापतिबाट अवकाश भएका थिए । यसर्थ तोरण शमशेर नेपाल प्रहरीको पहिलो आईजीपी हुन् तर संस्थागत आईजीपी होइनन् । प्रहरीको स्थापना कालमा त आईजीपीकै व्यवस्था थियो ।

२०५१ सालसम्म पहिलो आईजीपी मानिँदै आएका नरशमशेर जबरा दोस्रो आईजीपी कसरी भए र ५२ सालदेखि तोरण शमशेर राणा पहिलो आईजीपी किन मानिए ? तथा प्रहरी दिवस २०५२ देखि मात्रै किन मान्न थालियो ? भन्ने’bout वास्तविकता उजागर नगरिए यो स्तम्भ अधुरो हुनेछ भन्ने स्तम्भकारको मान्यता छ । केन्द्रमा रहेको सदर पुलिस गोश्वाराले मातहतका पुलिस गोश्वारालाई परिचालन एवं नियन्त्रण गर्ने उच्च स्तरीय पदाधिकारीको व्यवस्था २००७ सालसम्म थिएन । यही आवश्यकता परिपूर्तिको निम्ति २००७ साल चैतमा सदर पुलिस गोश्वाराको प्रमुख आईजीपी राख्ने व्यवस्था भयो । सहायक रथी तोरण शमशेर यही क्रममा आईजीपी भए । बहालीको क्रममा तोरण शमशेरले उपत्यकास्थित प्रहरीलाई सामेल गरेर सारगर्भित वक्तव्य दिएका थिए । गोरखापत्रमा छापिएको तोरण शमशेरको उक्त वक्तव्य तल दिइएको छ ।

आईजीपी तोरणशमशेरले २००७ चैत २८ गते पद बहाली गर्दा पुलिस अफिसर र जवालाई दिएको वक्तव्य

२००७ चैत्र २८ देखि ऐ ३० सम्म आईजीपी बनेका तोरण शमशेर’bout २०५१ सालसम्मका प्रहरीकै अधिकांश उच्च पदस्थ अधिकारी नै जानकार थिएनन् । सुनेका केही पुराना व्यक्तिले भने छोटो कार्यकाल भएकाले तोरणलाई मान्यता दिएनन् । २००७ साल चैत्र ३० गते मेजर जनरल पदमा बढुवा भई आर्मीतर्फ नै तोरण शमशेर फर्किएपछि रिक्त आईजीपी पदमा २००८ वैशाख १ गते नरशमशेर जबरा नियुक्त भएका थिए । यिनै नरशमशेरलाई पहिलो आईजीपी मान्ने चलन २०५१ सालसम्म भयो । २०४२ सालमा यो स्तम्भकार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत थियो । कर्मचारी प्रशासन शाखाका तत्कालीन डीएसपी रूपाल शमशेर जबराले तोरण शमशेर एक दिनको आईजीपी भएका थिए रे त्यस’bout प्रमाण केही पाइन्छ कि खोज्नुहोस् भनी मलाई भनेका थिए । तर, मेरो लगत्तै उपत्यका बाहिर सरुवा भएको कारण खोजी गर्न सकिन । पछि २०५० सालमा पुनः म प्रहरी प्रधान कार्यालयको जनसम्पर्क शाखाबाट रेडियो प्रहरी कार्याक्रम प्रसारणकर्ताका रूपमा खटिए । महिनामा एक दिन प्रहरीसम्बन्धी ऐतिहासिक कार्यक्रम प्रसारण गर्न उचित ठानी त्यसताका म राष्ट्रिय अभिलेखालयमा भएका ऐतिहासिक दस्तावेज केलाउन थालें ।

पुलिस, रामदल, रक्षा दल, मुक्तिसेना समेतलाई समेटेर २०१२ सालमा पुनर्गठन गरी संगठित प्रहरीको स्थापना भएको थियो

१९५८ सालको पहिलो गोरखापत्रदेखि २००७ सालसम्मको गोरखापत्रको हरेक अंक केलाउँदै आउँदा २००७ साल चैत्र ३१ गतेको गोरखापत्रमा तोरण शमशेर जबराले चैत्र २८ गते आईजीपी पदको बहाली गरेको समाचार फेला प¥यो । वैशाख २ गतेको अर्को गोरखापत्रमा मेजर जनरल पदमा बढुवा भएर तोरण शमशेर पुनः चैत्र ३० गते नै नेपाली सेनामा फर्किएको समाचार फेला प¥यो । गोरखापत्रका यी दुई अंकले तोरण शमशेरको कार्यकाल ३ दिनको भएको प्रमाणित ग¥यो । त्यस’bout ९७ वर्षीय तोरण शमशेर र नरशमशेरलाई भेटी आफ्नो जिज्ञासा पूरा गरेर गोरखापत्रको फोटोकपीसहित तत्कालीन आईजीपी मोतिलाल बोहरालाई स्तम्भकारले जानकारी गराएपछि नेपाल प्रहरीको इतिहास नभएको तथा सुनेको कुराहरू तथ्यपूर्ण नभएको मानियो । यसपछि नै प्रहरीको इतिहास लेख्ने निर्णय भयो । सामग्री खोज अनुसन्धान गर्ने टोलीमा स्तम्भकारलाई सामेल गराइयो ।

स्मरण रहोस् तत्कालीन आईजीपी मोतिलाल बोहराको कार्यकाल २०५१ सालमा प्रहरी दिवस मनाउने निर्णय भए पनि के कुन दिन प्रहरी दिवस मनाउने ? भन्ने कुरा एकिन भएको थिएन । मातहत समेतका भूपू प्रहरी र उपत्यका बाहिरका सबै क्षेत्रका बहालवाला प्रहरी कर्मचारीबाटै राय संकलन गर्ने निर्णय भयो । प्रहरी दिवसको निम्ति उपयुक्त दिनहरू कुन हुन सक्छ भन्ने कुरा पनि निर्धारण गरियो । यसमध्ये पहिलो आईजीपी तोरण शमशेर जबराले पदबहाली गरेको २००७ साल चैत २८ गतेको दिन, रामदलको निशान तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले २००९ साल असार ५ गते बुधबार आईजीपी नरशमशेर जबरालाई हस्तान्तरण गरेको दिन तथा प्रहरी ऐन २०१२ मा लालमोहर लागेको समेतका तीन दिनमध्ये के कुन दिनलाई प्रहरी दिवस मनाउन उचित हुन्छ भन्ने राय मेचीदेखि महाकालीसम्मका भूपू र वहालवाला प्रहरी कर्मचारीसँग राय संकलन गर्न टोली खटाइयो ।

यो स्तम्भकार पनि एक टोलीको नेतृत्व गर्दै खटियो । खटिएको सबै टोलीले पेस गरेको राय सुझाबमा सबैभन्दा उचित दिन प्रहरी संगठनलाई वैधानिक मान्यता प्राप्त गरेको असोज महिनाको मसान्तकै दिन प्रहरी दिवसका लागि सर्वोत्तम दिन ठहरिएकाले त्यसका आधारमा पहिलो प्रहरी दिवस २०५२ साल असोज ३० गते मनाइयो । नेपाल प्रहरीको इतिहास पनि त्यही दिन बिमोचन भयो । यो स्तम्भकार सर्वश्रेष्ठ व्यावसायिक प्रहरी लेखक घोषित पनि भयो ।

२०५२ सालमा पहिलोपटक प्रहरी दिवस मनाउँदा पहिलो प्रहरी दिवस भनी मानिएको भए पनि दिवसको गते प्रहरी ऐनसँग सम्बद्ध भएकाले पछि यसलाई लालमोहर लागेको २०१२ सालसँगै जोडेर दिवसको पटक कायम गर्ने परिपाटी बसालिएको कारण २०१२ असोज ३० गतेलाई नै पहिलो प्रहरी दिवस मनाउँदा २०८० सालमा गएको आश्विन महिनामा मनाइएको प्रहरी दिवस पनि ६८औं होइन ६९औं हुन्छ । उपरोक्त तथ्यलाई तल दिइएको फोटोकपीले नै प्रमाणित गर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 651 times, 1 visits today)

epaper

ताजा समाचार

सिमराबाट फेरि अर्की बालिका बेपत्ता