अन्तराष्ट्रिय फेस्टिबलपछि अब हलमा चलचित्र जम्प

काठमाडौँ । नयाँ नेपाली चलचित्र ‘जम्प’ को निर्माण सम्पन्न गर्दै निर्माण पक्षले विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा प्रदर्शन गरिसकेको छ । यसै क्रममा प्रदर्शन तिथिसमेत घोषणा गरिएको छ । यो चलचित्रलाई आउँदै २९ मङ्सिरबाट मुलुकमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाउको छ ।

यो चलचित्रलाई आशुतोष ध्वज कार्कीले लेखेको तथा निर्देशन गरेका हुन् । यो चलचित्र साइकोलोजिक थ्रिलर जनरामा निर्माण भएको कार्कीले बताएका छन्,‘राष्ट्रिय धावक बनेका मुख्यपात्रलाई समय परिवर्तन गर्ने अलौकिक क्षमता प्राप्त हुन्छ । आफ्नो विगत्का दबाएर राखिएका अनुभूतिहरूले उसलाई पिरोल्न थाल्छन् र उ विभिन्न कारणले भ्रष्टचारको जालोमा पर्छ ।’

चलचित्रमा सरोज श्रेष्ठ,सन्देश शाक्य,बिनिता थापा मगर,मन्जिल जिसी,सगुन तामाङ,रोशनी स्याङ्ग्बो,शंकर महर्जन र प्रवल कडेलको मुख्य भूमिका रहेको छ ।

इशा खड्का कार्यकारी निर्माता रहेको चलचित्र ‘जम्प’ले नेपाली चलचित्रमा नयाँ लहरको उत्प्रेरकको रुपमा काम गर्दै रचनात्मक कथा कथन र नवीनताको पुनर्जागरण गर्ने पनि निर्देशक कार्कीको दाबी छ । विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाई सकेको चलचित्रले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने लेखक तथा निर्देशक आशुतोष ध्वज कार्कीले बताए ।

क्रिएटिभ माकुरा टिमबाट निर्मित यो फिल्ममा प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाललगायतको लगानी छ । चलचित्रलाइ गोबिन्द शाहीले वितरणको जिम्मा लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

epaper

ताजा समाचार

नारायणी अस्पतालको आकस्मिक सेवा बन्द, बिरामी प्रभावित