परिभाषित कामबाहेक बाहिर हिरो पल्टिने काम नगर्नुस् : अध्यक्ष ओली

वीरगन्ज । परिभाषित काम बाहेक बाहिर गएर हिरो पल्टिने काम गरे आइन्दा नेकपा एमालेले आफ्ना नेता कार्यकर्तालाई नछोड्ने भएको छ । पार्टी नीति विपरित जनताका काम वाहेक गफ र आफैं ठालु पल्टिने नेता कार्यकर्ता तर्फ संकेत गर्दै नेकपा एमालेले यस्तो जनाएको हो ।

यो कुरा एमाले अध्यक्ष केपी शर्मा ओली हिजो शनिबार वीरगन्जमा पुगी मधेशका नेता कार्यकतालाई निर्देशन दिदै कडा शब्दमा आफ्ना नेता कार्यकर्तालाई सम्झाए । एमालेको मधेश प्रदेश कमिटीको पहिलो अधिवेशनबाट निर्वाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘पार्टीका नेता कार्यकर्ताहरुलाई परिभाषित कामभन्दा बाहिर गएर कसैले हिरो पल्टनु पर्दैन’ भने । राजनीतिमा अपराध र अपराधमा राजनीति मिसिएको पछिल्लो समयमा एमाले अध्यक्ष ओलीले मुलुक बनाउन ढिलो भइसकेकोले लोकतन्त्रको रक्षा गर्दै जो जहाँ छ त्यहीबाट गफ नभई काम गर्न कार्यकर्तालाई उर्दी नै जारी गरे ।

आगामी २०८४ सालको निर्वाचनमा हरेक वडामा ५१ प्रतिशत मत आउने गरी पार्टीका सबै नेता कार्यकर्ता खट्न र जनवर्गीय संगठनहरुले समेत साथ दिन उनले सुझाव दिए । एमालेको विकास र समृद्धिको अभियान र राष्ट्रियताको छविबाट अतालिएकाहरुले आफूलाई साधारण सदस्यबाट समेत निस्कासन गरे पनि नेपाली जनताले एमाले वाहेक अरु पार्टीले जनताको हितमा काम गर्न नसक्ने देखी यो ठाउँमा ल्याएकोले अझ सकृय भएर एमालेले अझ जनताका काम र मुलुकको हितका लागि काम गर्न पर्ने उनको सुझाव छ ।

राष्ट्रियता र जनजिबीकाका पक्षमा एमाले वाहेक अरु कुनै पार्टीले राम्रो काम गर्न नसक्ने भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले मधेशमा एमाले विरोधी भावना फैलाइए पनि मधेशी जनताले मधेशमा समेत एमाले वाहेक अर्को काम गर्ने पार्टी नदेखेको भन्दै पार्टी प्रवेश गर्ने लहर सबै तर्फ चलेको र अझ चलाउन पर्ने उनले तर्क गरे । एमालेले गएका तीन बर्षमा मधेशको एक लाख ८५ हजार विगाहा खेत सिंचाई गर्ने योजना सहित सुनकोशी मनिर डाइभर्षन योजना कार्यन्वयनमा ल्याए पनि त्यो सफल नभएकोमा भने चिन्ता व्यक्त गरे । ‘एमाले नै अझ केही बर्ष सत्तामा बसेको भए सडक निर्माणका अधिकाँश योजना, ३ सय ९६ अस्पताल र सुनकोशी डाइभर्सन जस्ता कयौं योजना सम्पन्न गरी जनतालाई समृद्धिको बाटोमा अगाडी बढाउने थियो’ उनले भने ।

एमाले पार्टीको मधेश प्रदेश कमिटिको सपथग्रहण समारोहलाई पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, कोशी प्रदेश इन्चार्ज रघुबीर महासेठ, पर्साका ईन्चार्ज अच्युत मैनाली, मधेश प्रदेशका उपाध्यक्ष विचारी यादव, र पर्सा अध्यक्ष डा.विश्वम्भर शर्मा लगायतले सम्बोधन गर्दै घर–घरमा एमाले जन–जन एमाले बनाउने र मुलुकको समृद्धिमा एमालेकै अगुवाई हुने गरी काम गर्न पर्ने बताएका थिए । कार्यक्रम एमाले मधेश प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो