राजधानीकर्मी पहाडी सम्मानित

लमजुङ । लमजुङका राजधानीकर्मी नवराज पहाडी सम्मानित भएका छन् । सिर्जनात्मक साकोसको २७औं बार्षिकोत्सव एवम् २४ औं साधारणसभाको उदघाटन सत्रमा पहाडीलाई सम्मान गरिएको हो ।

भक्ति नमूना माविको सभाहलमा आयोजना गरिएको सभामा सहकारी रजिष्टारको कार्यालय, गण्डकी प्रदेश पोखराका शाखा अधिकृत चोलाकान्त वाग्ले र सिर्जनात्मक साकोसका अध्यक्ष रामजी कँडेलले टीका, दोसल्ला र सम्मान पत्र संयुक्त रुपमा सम्मान गरेका हुन् । पहाडी जिल्लाको पहिलो हुनुका साथै निडर र निर्भिक रुपमा सत्य, तथ्यमा आधारित रहेर समाचार संप्रेषण गर्ने गरेको हुँदा सम्मान गरिएको सिर्जनात्मक साकोसका सचिव मेन घलेले बताए ।

यसैगरी, पहाडीलाई आफ्नो पेशागत मर्यादा बढाउन थप प्रेरणा मिलोस् भन्ने धेयका साथ सम्मान गरिएको सिर्जनात्मक साकोसका अध्यक्ष कँडेलले बताउनु भयो । उनले भने, ‘लमजुङमा जिल्ला सहकारी संघको संस्थापक अध्यक्ष हुनुका साथै उनले हाम्रो सहकारीको उत्थानमा पनि पत्रकारिताका माध्यमले सहयोग गरेको हुँदा पहाडीको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

पहाडीले लमजुङलाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील रहेको चार दशक नाघिसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्दननाथकि उपप्रमुखको घोषणा विपन्न र असहायका लागि सुविधा खर्च गर्ने घोषणा