दक्षिण कोरिया रहेकी अनिलाले पठाइन् स्थानीय तह र विद्यालयलाई महाबीरको पुस्तक

खोटाङ । हाल दक्षिण कोरिया रहेकी खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरकी समाजसेवी अनिला राईले जिल्लाका स्थानीय तह र विद्यालयलाई महाबिर पुन सम्झना, सपना र अविरल यात्रा नामक पुस्तक पठाइदिएकी छन् ।

विगत ६ वर्षदेखि दक्षिण कोरिया रहेकी राईले राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष महाबिर पुनले लेखेको पुस्तक खरिद गरेर जिल्लाका १० स्थानीय तह, १०१ वटा माबि र एक वटा आधारभुत विद्यालयको नाममा पठाइदिएकी हुन् । खोटाङ सेवा समाज दक्षिण कोरियाका सह–कोषाध्यक्ष रहेकी राईले एकमुष्ट ८६ हजार २५० रुपैयाँमा पुनको ११५ थान पुस्तक खरिद गरेकी थिईन् ।

त्यसमध्ये स्थानीय तहको शिक्षा शाखा र विद्यालयले एक-एक थानका दरले पाउनेगरी खोटाङ सेवा समाज दक्षिण कोरियामार्फत पुस्तक पठाइदिएकी हुन् । जिल्लाका आधारभुत विद्यालयमध्ये छेराडाँडा आवि सप्तेश्वरलाई एक थान पुस्तक पठाइदिएकी छन् । खोटाङ सेवा समाज दक्षिण कोरियाले सम्वन्धित स्थानीय तह र विद्यालयमा पुस्तक पु-याउने भूमिका निर्वाह गरिरहेको छ ।

‘राष्ट्रिय आबिष्कार केन्द्रलाई सहयोग पुगुन् र पुस्तक पढेर छात्रछात्राको बौद्धिक विकास होउन्’ भन्ने उद्धेश्यका साथ पुस्तक पठाइदिएको समाजसेबी राईले बताईन् । पुस्तक तिहारसम्ममा सबै स्थानीय तह र विद्यालयमा पुग्ने खोटाङ सेवा समाज दक्षिण कोरियाले जनाएको छ । पुनको पस्तक विद्यार्थीका लागि प्रेरणाको श्रोत बन्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कटारीमा गठबन्धनका राजेशचन्द्र श्रेष्ठ निर्वाचित