२४ घण्टाभित्र चार किशोरकिशोरीद्वारा आत्महत्या प्रयास

राजविराज । जिल्लामा आत्महत्या घटना वृद्धि भइरहेकै बेला २४ घण्टाभित्र तीन किशोरीसहित चार जनाले विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् ।

शनिबार मात्र एक युवा र एक युवतीले विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । उनीहरूको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालको आकस्मिक कक्षका अहेब महानायराण यादव परसैलाका अनुसार विष सेवनबाट गम्भीर बिरामी परेका राजविराज नगरपालिका–१५ का २२ वर्षीय नितेशकुमार यादव र तिरहुत गाउँपालिका–५ की १९ वर्षीया सन्जुकुमारी मण्डल छन् ।

शुक्रबार राति पनि विष सेवनबाट गम्भीर बिरामी परेकी राजगढ गाउँपालिका–२ का १७ वर्षीया अर्चनाकुमरी यादव र महादेवा गाउँपालिका–१ का २२ वर्षीया विनाकुमारी दास अस्पताल भर्ना भएकी थिइन् ।

चारै जनाको विशेषज्ञ चिकित्सकको रेखदेखमा उपचार भइरहेको छ । चार दिनअघि पनि एकै दिन विष सेवनबाट अशक्त दुई युवा र दुई युवती स्थानीय छिन्नमस्ता अस्पतालमा भर्ना भएका थिए । उनीहरू उपचारपछि घर फर्किसकेको अस्पतालका स्वास्थ्य संयोजक दीपेन्द्र यादवले जानकारी दिए ।

परिवारिक कलह, घरेलु हिंसा, प्रेममा धोका, बेरोजगारी, गरिबी र मानसिक तनावलगायत कारण आत्महत्या तथा आत्महत्या प्रयास गर्नेको संख्या बर्सेनि बढ्दै गएको प्रहरीको भनाइ छ । आत्महत्याका पछाडि पारिवारिक र प्रेम मुख्य कारक देखिए पनि वैदेशिक रोजगार, आर्थिक विपन्नता, बेरोजगारी, असफलता र तनावलगायत पनि देखिएको मनोचिकित्कस बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित