भूकम्पले बजाइरहेको जोखिमको घण्टी, सरकारले कहिले सिक्ने ?

काठमाडौं । गत शुक्रबार मध्यरातमा जाजरकोटको ’boutकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भुकम्प गयो । त्यसपछि निरन्तर जाजरकोटमा भूकम्पको धक्का महसुस भइरहेको छ । ठूलो भूकम्पपछि गइरहेको परकम्पले पश्चिम नेपाल अझै पनि जोखिममा रहेको संकेत देखाइरहेको छ ।

शुक्रबार एक्कासी गएको ६.४ म्याग्निच्युडको भूकम्पले नेपालको राजधानी काठमाडौंसहित भारतको नयाँ दिल्लीसम्म धक्का महसुस भयो । पटक–पटक भूकम्पको धक्का महसुस भइरहदाँ सरकारले भने भविष्यमा आउन सक्ने ठूलो भूकम्पको जोखिम’bout कुनै तयारी गरेको पाइदैन । २०३५ सालमा फ्रान्सेली सरकारको सहयोगमा पहिलो पटक भूकम्प मापन यन्त्र नेपाल ल्याइएको थियो । अहिले ४० ठाउँमा त्यस्तो मापन गरिन्छ । साना ठूला भूकम्पको धक्का दैनिकजसो गइरहने गएको भएपनि सरकार सतर्क रहेको पाइदैन ।

सरकारले राहत र उद्धारको काम अघि बढाएको त छ तर, भविष्यमा हुन सक्ने जोखिम’bout भने अझै आंकलन गरेको पाइदैन । त्यसो त यसअघि ८ वर्षअघि गोरखा केन्द्रविन्दु भएर गएको ठूलो भूकम्पपछि सरकारले नेपालको अन्य ठाउँमा पनि भूकम्प जान सक्ने आंकलन गरेर काम गर्नुपर्ने थियो । तर, सरकारले नेपालको अन्य ठाउँमा पनि भूकम्प जान सक्ने विषयमा अध्ययन गरेर भौतिक संरचना बलियो बनाउने र पूराना र कमजोर संरचनालाई प्रबलिकरण गर्ने तर्फ ध्यान दिएन ।

यसअघि २०७२ सालमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्युडको भूकम्प गएको थियो । जसमा ९ हजारभन्दा बढीको ज्यान गएको थियो । त्यसपछिको तीन वर्षमा नेपालमा ४० हजारभन्दा बढी भूकम्पका पराकम्प गए । सो पराकम्पलाई सरकारले भविष्यमा जान सक्ने भूकम्पको जोखिमका विषयमा ध्यान दिएको पाइदैन । गोरखा भूकम्पले नेपालको मध्य क्षेत्रको ८ वटा जिल्ला नराम्रो गरी प्रभावित भयो । धेरैको ज्यान गयो । भूकम्पपछि गाउँगाउँमा भौतिक संरचना प्रबलिकरण र पुनःर्निमाणको काम भए । जसले थारै भएपनि राहत महसुस भयो तर, अन्य क्षेत्रमा सरकारको ध्यान जान सकेको देखिदैन ।

भूकम्पविद् लोकविजय अधिकारीका अनुुसार भूकम्पबाट ९० प्रतिशतभन्दा बढी मृत्यु कमजोर भवन संरचना भत्किएर हुने गरेको छ । बलियो भौतिक संरचना बनाउन सकिएन भने क्षति बढि हुने गर्छ र सुरक्षित हुन पनि सकिदैन । ठूलो भूकम्पको उच्च जोखिममा रहेको चीलीमा पटक–पटक भूकम्प जादाँ पनि क्षति कम हुनुको कारण बलियो भौतिक संरचना निर्माणले गर्दा भएको विज्ञहरुको भनाई छ ।

गोरखा भूकम्पछि पनि भूगर्भविद्ले पश्चिम नेपालमा ठुलै भूकम्प जाने पटक पटक सचेत गराउँदै आएका थिए । त्यही क्षेत्रमा एक वर्षअघि छिटो छिटो नै ‘ट्रेमर’ गइरहेका थिए तर प्रभावकारी रूपमा सचेतना अभिवृद्धि हुन नसक्दा जाजरकोट भूकम्पबाट ठुलो मानवीय क्षति भएको विज्ञहरूको ठम्याइ छ । त्यस क्षेत्रमा तत्काल नयाँ भवन निर्माण गर्न नसकिए पनि प्रबलीकरण कार्यलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।

५ सय वर्षयता सो क्षेत्रमा ठूलो भूकम्प नजादाँ गर्भमा थुप्रिएको शक्ति कुनै पनि समय विस्फोट हुन सक्ने वैज्ञानिकहरूले बताउँदै आएका छन् । सरकारी अभिलेखअनुसार २०३७ साउन १४ गते राति बझाङमा ६.६ म्याग्निच्युडको भूकम्प गएको देखाउँछ । त्यसबेला एक सयभन्दा बढीको मृत्यु भएको थियो । त्यसपछि पश्चिम नेपालमा साना र मझौला भूकम्प गएको देखिएपनि ५ रेक्टर स्केलभन्दा माथिको भूकम्प गएको थिएन । इन्डियन प्लेट र युरो एसिया प्लेटको घर्षणका कारण हिमाली क्षेत्र सधैं भूकम्पको उच्च जोखिममा छ । इन्डियन प्लेटमा प्रतिवर्ष ५ सेन्टिमिटर युरोएसिया प्लेटभित्र प्रवेश गर्छ । त्यसले अग्ला हिमाल बनाउन मात्रै नभएर तिब्बती पठार विस्तारमा पनि भूमिका खेलेको बैज्ञानिकहरुको भनाई छ ।

जाजरकोटको भूकम्पपछि त्यसकै आसपास केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडभन्दा ठूला ७ सहित ३ सय ४५ परकम्प गइसकेका छन् । सोमबार मात्रै अपराह्र ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ५.८ म्याग्निट्युडको भूकम्प गयो । भूकम्पको पराकम्प जाने क्रम रोकिएको छैन । ठूलो भूकम्पपछि निरन्तर रूपमा स–साना परकम्प गइरहे पनि पछिल्लो समयमा पश्चिम नेपालमा केही समयको अन्तरालमा उस्तै क्षमताका भूकम्पहरू गएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 71 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानियले भगवती चाैधरीसंग भने : यसपाली जिताएर पठाउछौं