सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा जारी आठौं अरुण भ्याल्ली फुटबल प्रतियोगिता उपाधी पञ्चकन्या युवा क्लव धर्मदेवीले जितेको छ । सामाजिक सद्भावका लागि युवा एकता –विकृति, विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिवद्धता भन्ने मूल नाराका साथ एडभान्स क्लबको आयोजनामा आठौं अरुण भ्याल्ली आमन्त्रित फुटबल प्रतियोगिता कात्तिक २० गते देखि सञ्चालन भएको हो ।
शुक्रबार भएको फाइनल खेलमा पञ्चकन्या युवा क्लवले तीनपोखरी युवा क्लवले २–३ गोल अन्तरले हराउदै आठौं अरुण भ्याल्ली फुटबल प्रतियोगिातको उपाधी पञ्चकन्याले जितेको हो । पहिलो हाफसम्म १ –१ गोलको बराबरीमा खेलेका खेलमा दोश्रो हाफ पछि पञ्चकन्याले लगातार दुई गोल लगाएको थियो । तीनपोखरी क्लवले दुई गोल सहित दोश्रो स्थानमा चित्त बुझाउनु परेको छ ।
प्रतियोगितामा कोशी प्रदेश प्रहरी टिम सहित विभिन्न जिल्लाका १२ क्लवको सहभागिता रहेको थियो । विजयी टिमलाई नगद रु दुई लाख, कप मेडले सम्मान गरिएको एडभान्स क्लबका महासचिव बेदराज घिमिरेले बताए । भने उपविजेतालाई नगद रु एक लाख सहित कप मेडलले सम्मान गरिएको छ । उत्कृट गोल रक्षक राजेश खड्का पञ्चकन्या युवा क्लव,सर्वोत्कृट खेलाडी सुसिल राई,सर्वाधिक गोल कता पञ्चकन्याका जिवन राई र विवेक मगरले पाएका छन् ।
प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिएको छ । एडभान्स क्लबले फुटबल खेलको विकास, आधुनिकीकरण र खेलाडीको व्यावसायीकरण गर्ने उद्देश्यले २०६४ सालदेखि निरन्तर फुटबल प्रतियोगिता गर्दै आएको छ ।






