ठाटिकाँध गाउँपालिकाका असिना पीडितलाई खाध्यान्न

दैलेख । दैलेखको ठाटिकाँध गाउँपालिकामा असिना पीडितलाई गाउँपालिकाले खाद्यन्न बितरण गरेको छ ।

गाउँपालिकाको वडा नं ३ र ४ मा असिना पानीले सबै किसानको खेतबारीमा लगाएको अन्न बालि नष्ट गरेपछि स्थानीय सरकारले साढे चार सय बढी असिना पिडित परिवारहरूलाई राहत वितरण गरेको गाउँपालिकाकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष गाउँपालिका उपाध्यक्ष वडाका जनप्रतिनिधि वडास्थित सम्पुर्ण राजनीतिक दलको उपस्थितिमा साढे चार सय असिना पीडित घरपरिवारलाई प्रतिपरिवार १–१ बोरा चामल बितरण गरिएको ठाटिकाँध गाउँपालिकाका कार्यक्रम संयोजक भुपेन्द्रबहादुर शाहीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

१० बैशाख २०८३