दैलेख । ठाटिकाँध गाउँपालिका वडा नं ४ को आर्थिक सहयोगमा समाबेसि सेवा केन्द्रले ठाटिकाँध गाउँपालिका वडा नं ४ मा शुभ दीपावलीको अवसरमा आयोजना गरेको चौथो वडास्तरीय कप भलिबलको उपाधि ठाटिकाँध गाउँपालिका वडा नं १ ले हात पारेको छ ।
हिजो भएको फाइनल खेलमा ठाटिकाँध गाउँपालिका–१ ले ठाटिकाँध गाउँपालिकाले आयोजक टिम लाई हराउँदै उपाधि हात पारेको हो । पालिका स्तरीय भलिबल प्रतियोगितामा ठाटिकाँध गाउँपालिकाका विभिन्न वडा र क्लब सहित १४ टिमको सहभागिता रहेको थियो ।
समावेसि सेवा केन्द्रले बिगत चार वर्षदेखि दीपावलीको अवसरमा भलिबल प्रतियोगिता तथा कला संस्कृतिको जगेर्ना गर्न देउडा प्रतियो गिताको आयोजना सुरु गरेको सेवा केन्द्रका अध्यक्ष नमराज कठायतले जानकारी दिए ।
प्रतियोगितामा आयोजक सेवा केन्द्र दोश्रो , वडा नं ३ तिनचुलि युवा क्लव तेश्रो र वडा नं ५ चौथो भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको थियो भने दोस्रो हुने टिमले नगद १५ हजार सहित मेडल र प्रमाणपत्र ,तेस्रो ले नगद १० हजार, मेडल र प्रमाणपत्र पाएका थिए।
विजेता क्लब तथा खेलाडीहरूलाई ठाटिकाँध गाउँपालिका उपाध्यक्ष देबिराम बडुवाल र वडा नं ४ का वडा अध्यक्ष केहेरसिंह कठायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने क्लबका अध्यक्ष कठायतले जानकारी दिए ।
खेल क्षेत्रलाई तिनै तहका सरकारले प्राथामिकता दिनु पर्ने र सबै वडामा खेल मैदानको लागि उपयुक्त जग्गा तयार गरि खेल मैदान निर्माणमा प्राथामिकता दिनुपर्ने ठाटिकाँध गाउँपालिकाका कार्यक्रम संयोजक भुपेन्द्र बहादुर शाहीले बताए ।