चडपर्व सकिए पनि अवैध कारोबारको निरन्तरता

वीरगन्ज । चाडपर्वको समय सकिन थाले पनि अवैध कारोबारले भने अझै निरन्तरता पाइरहेको भेटिएको छ । पर्सा प्रहरीले मंगलबार राती ११ बजेर ५५ मिनेटमा एउटा खुद्रा सामान लोड गरी कास्कीतर्फ जाँदै गरेको मालवाहक ट्रक नियन्त्रणमा लिएपछि यस्तो भेटिएको हो ।

सो ट्रकमा बिलबिजकभन्दा बढी खुद्रा सामान लोड गरिएको भेटियोको प्रहरीले पुष्टि गरेको छ । यो कार्य अवैध कारोबारभित्रै पर्ने पर्साका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता कुमारविक्रम थापाले बताए । मध्यतराईमा चिसो पनि बढ्दै गएको र रातको समय पारेर सुरक्षाकर्मीको आँखा छल्ने प्रयास गरी गन्तव्यतर्फ लान खोजेको ना३ख २७७ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको उनको भनाइ छ ।

सो ट्रक वीरगन्ज महानगरपालिका–१४ गण्डकबाट प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले पाएको सूचनाअनुसार चेकजाँच गर्दा बिलबिजकमा भएकोभन्दा बढी सामान लिएर कास्कीतर्फ गइरहेको भेटिएपछि मालवाहक ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको सो मालवाहक सवारीमा अन्दाजी ७९ लाख ५६ हजार रुपैयाँबराबरको सामान रहेको पनि प्रहरीको भनाइ छ । वैध सामान मात्र नभई अवैध पनि सामान भेटिएपछि प्रहरीले थप अनुसन्धान र आवश्यक कार्बाहीका लागि बुधबार बाराको राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

गएको कात्तिक १६ गते पनि पर्सा प्रहरीले बिल बिजकभन्दा बढी मेडिकलका सामग्री लोड गरी रौतहटतर्फ जाँदै गरेको ना७ख ६८७५ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कार्बाहीका लागि राजस्व कार्यालय पथलैया बुझाएको थियो । सो ट्रक वीरगन्ज महानगरपालिका–१३ प्रतिमा चोकस्थित सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा ३९ लाख ८२ हजार ६ सय ७४ रुपैयाँको मालवस्तु रहेको प्रहरीको दाबी थियो ।

त्यसैगरी, गएको कात्तिक १२ गते नै पर्सा प्रहरीले साँझ पर्साको वीरगन्ज महानगरपालिका–२१ बाटै भारतबाट भन्सार छली सोझै चोरी पैठारी गरी वीरगन्ज बाहिर पठाउँदै गरेको १ सय १ बोरा चिनी र ३ सय २३ बोरा चामल बरामद गरेको थियो । चिनी प्रतिबोरामा ५० केजी र चामल पनि ३० केजीप्रति बोरामा रहेको खुलेको थियो । सो सामान पनि थप अनुसनधान र आवश्यक कार्बाहीका लागि प्रहरीले बाराको पथलैयामा रहेको राजस्व कार्यालयमा पठाएको थियो ।

पर्सा प्रहरीले सो चिनी र चामलको कुल मूल्य ६ लाख ५८ हजार ३ सय कायम गरेको जनाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी