दिमाग खराबका निर्माता र हलवालाबीच वार्ता मिलेन

काठमाडौं । आफ्नो चलचित्र दिमाग खराबले प्रदर्शनी भएको अवधिभर नै सिनेमा हलबाट ५० प्रतिशत सेयर पाउनुपर्ने निर्देशक निश्चल बस्नेतको मागलाई हल सञ्चालकले तत्काल कार्यान्वयन नगर्ने संकेत देखाएका छन् ।

गतशुक्रबार नै यो माग पूरा नभएर हलबाट फिल्म उतार्ने चेतावनी दिएका निर्देशक निश्चल बस्नेत र निर्माता रौनकविक्रम कँडेलको माग मंगलबारको वार्ताबाट पूरा गर्ने आश्वासन हल सञ्चालकले दिएका थिए ।

तर, हल सञ्चालक र यी निर्माता निर्देशकबीच मंगलबार भएको वार्ता कुनै निष्कर्षमै नपुगी टुंगिएको छ । बुधबार भएको वार्ताले पनि सार्थकता पाएको छैन । दोस्रो साताको पनि पाँचौं दिन अर्थात् रिलिजको १२ औं दिन प्रदर्शन भएको यो चलचित्रलाई अब हलमा लगाउनु र उतार्नुको कुनै औचित्य नरहेको ठहर गर्दै हल सञ्चालकले यो माग पूरा नगरेका हुन् ।

यो चलचित्र तिहारको अवसर पारेर २४ कात्तिकबाट रिलिज भएको हो । ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेत र निर्माता रौनकविक्रम कडेलले विदेशी फिल्मसरह शोज र फिल्म चलुन्जेल निर्मातालाई ५० प्रतिशत सेयर नदिए प्रदर्शन धम्की पहिलो साता दिएका थिए । तर, हल सञ्चालकको अनुरोधमा उनीहरूले सिनेमालाई हलमा प्रदर्शनको निरन्तता दिए पनि अन्ततः हल सञ्चालकले ५० प्रतिशत सेयरको मागलाई पूरा गर्ने निर्णय गरेनन् ।

प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघका पदाधिकारी र दिमाग खराबका निर्माता निर्देशकबीच भएको वार्तामा फिल्म चलुन्जेल ५० प्रतिशत सेयर नै आफूहरूले पाउनुपर्ने अडान निश्चलले लिएका थिए । तर, हल सञ्चालकले सो मागलाई नस्विकारेपछि उनीहरूबीच वार्ता सफल भएन ।

चार घण्टा लामो दुई पक्षको वार्तामा हल सञ्चालकको विभिन्न समस्या देखाएर तेस्रो सातादेखि ६५ प्रतिशत आफूहरूले पाउनुपर्ने माग नै दोहो¥याए । यही कारण पनि दिमाग खराबका निर्माता निर्देशकको मागलाई हल सञ्चालकले तत्काल पूरा गर्न नसक्ने बताएका छन् । हलमा फिल्म रिलिज भएको दुई सातासम्म निर्माताले ५० प्रतिशत नै सेयर पाए पनि तेस्रो साताबाट हल सञ्चालकले ६५ प्रतिशत र निर्माताले ३५ प्रतिशत पाउने गरेका छन् । यसलाई अहिलेका निर्माता निर्देशकले फिल्म चलुन्जेर ५० प्रतिशत नै सेयर पाउनुपर्ने माग दोहो¥याएपछि हलवाला र निर्माताबीच कुरा नमिलेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबै जनता कार चढ्न सक्दैनन्, अटोलाई व्यवस्थित गर्छु : विजय सुवेदी