वीरगन्जमा पनि प्रसाईंको समर्थनमा प्रदर्शन

वीरगन्ज । काठमाण्डौमा दुर्गा प्रसाईंकमा समर्थक र एमालेका युवाहरु बीच जुँगाको लडाई चलिरहेको समयमा पर्साको सदरमुकाम वीरगन्जमा पनि दुर्गा प्रसाईको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरिएको छ । देश डुवाउने बोझिलो गणतन्त्र र संघीयता खारेजी गरिनु पर्ने माग सहित राजाका समर्थकहरुले दुर्गा प्रसाईको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै वीरगन्जमा पनि प्रदर्शन गरेका हुन् ।

संघीय गणतन्त्र खारेज गर, २०४७ को संविधान लागु गर, राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर, नेता चोर देश छोड, गणतान्त्रीक सरकार मुर्दावाद जस्ता नारा लगाउँदै उनीहरुले वीरगन्ज महानगरमा पनि प्रदर्शन गरे । प्रदर्शन वीरगन्जको घण्टाघरबाट सुरु भई माईस्थान चोक, आदर्शनगर चोक हुँदै पुन घण्टाघर चोकमा आई कोण सभा गर्दै सम्पन्न भयो ।

कोणसभामा बोल्ने बक्ताहरुले बोझिलो व्यवस्थाको विरोधमा लाग्ने दुर्गा प्रसाईं मात्र नभई जो कोही भए पनि सो एजेण्डामा समर्थन गरिने बताए । ‘अहिले दुर्गा प्रसाईंले जुन सहास देखाए यसमा हाम्रो समर्थन छ’ प्रदर्शनकारीले भने । प्रदर्शनको अगुवाई नेपाल राष्ट्रवाद संघले गरेको छ । संघलाई राजाका समर्थक राष्ट्रवादी समूह र नेपाल विद्वत परिषद् पनि गरेको छ ।

संघीयता र गणतन्त्रकै कारण मुलुक आर्थिक मन्दीमा फेसेकोले यो बोझिलो व्यवस्था खारेजीको आवाज उठाउने दुर्गा प्रसाईंको आन्दोलनमा समर्थन गर्दै प्रदर्शन गरिएको नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले दावी गरे । राष्ट्रवादी समूहका पर्सा अध्यक्ष वीरेन्द्र थापाले पनि राजा विना यो देश चल्न नसक्ने भन्दै अब संघीयता खारेज गर्दै राजतन्त्र सहितको २०४७ को संविधान लागु गरिनु पर्नेमा जोड दिए ।

त्यसै गरी विद्वत परिषद्का स्थानीय नेताहरुले पनि हिन्दु राष्ट्र सहितको राजतन्त्र ल्याउन सबै एकजुट हुन आह्वान गरे । कार्यक्रममा राष्ट्रवाद संघका जिल्ला अध्यक्ष संगितादेवी साह, उपाध्यक्ष उमाशंकर प्रसाद कलवार लगायतका राजाका समर्थकहरुको सहभागीता रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 396 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम