गाईघाटको त्रियुगा बसपार्क निर्माण अलपत्र

उदयपुर । निर्माण कम्पनीको लापरबाहीले प्रदेश स्तरको अत्याधुनिक त्रियुगा बसपार्क दुई वर्ष देखि अलपत्र परेको छ । सम्झौता अनुसार २ वर्ष अघि निर्माण सम्पन्न गर्नु पर्नेमा निर्माण कम्पनीले २ वर्ष देखि काम छाडेर बेपत्ता भएको छ ।

उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिका ३ र १२ बिचमा रहेको साबिकको त्रियुगा बसपार्कमै प्रदेश स्तरको अत्याधुनिक बसपार्क निर्माण गर्न थालिएको थियो । निर्माणाधिन त्रियुगा खोला किनारामा रहेको बसपार्कलाई अत्याधुनिक नमूना बनाउने उद्देश्यकका साथ अढाई वर्ष भित्र बनाइ सक्ने गरी गत २०७६ असार ३१ गते सम्झौता भई २०७८ पुस २९ गते निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनी रमण÷आईएसएमडी जेबीसँग सम्झौता भएको थियो ।

प्रदेशकै नमुना र आधुनिक बसपार्क बनाउने योजना सहित निर्माण सुरु भएको ‘त्रियुगा बसपार्कको काममा ठेकेदारको चरम लापरबाही भएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ । २०७६ असारमा सम्झौता भई अढाई वर्ष अर्थात् २०७८ पुस २९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको काम पटक÷पटक म्याद थप गर्दा पनि पुरा नभएपछि ठेक्का तोड्नु पर्ने अवस्थामा पुगेको हो ।

सघन सहरी तथा भवन निर्माण आयोजना राजविराज सप्तरीको रेखदेखमा निर्माण भइ रहेको बसपार्कको काम सम्झौता अवधि भित्र नसकिएपछि २०७८ पुस २९ गते पहिलो म्याद थपिएको थियो । तर, सो म्याद भित्र काम नसकेपछि निर्माण कम्पनीले पुन ६ महिना म्याद थपियो । दोश्रो पटक थपेको म्यादमा पनि काम नगरेपछि ठेक्का तोड्न लागेको जनाए । काम सम्पन्न गर्न नसकेपछि कारबाही प्रक्रिया अघि बढाइएको आयोजना कार्यालयले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल