हत्या र आत्महत्याले बेसाहरा बनिन् ६ वर्षीय आशिका

पारिवारिक झगडाका कारण एक्लो बनेकी ६ वर्षीय आशिका गुरुङ । तस्बीर सौजन्यः ईश्वर थापा

धनकुटा । मादक पदार्थ सेवनका कारण भएको पारिवारिक झगडाले हत्या र आत्महत्या निम्त्याउँदा धनकुटामा ६ वर्षीय बालिका एक्लिएकी छन् । संखुवासभा चैनपुर नगरपालिका–१ नुनढाकी घर भइ हाल धनकुटा नगरपालिका–१ हिले निगालेका मनिकलाल श्रेष्ठको घरमा कोठा भाडामा लिएर बस्दैआएका ३५ वर्षीय टिका गुरुङले श्रीमती ३६ वर्षीया भिमा तामाङ गुरुङ र छोरा ११ वर्षीय आयूष गुरुङको हत्या गरेर आफुले आत्महत्या गरेपछि ६ वर्षीय छोरी आशिका गुरुङ एक्लो बनेकी हुन् ।

टिकाको शव झुण्डिएको अवस्थामा तथा भिमा र आयुषको शव खाटमा सुताइएको अवस्थामा मंसिर ७ गते बिहान फेला परेको थियो । छोरी आशिकालाई भने स्वयं टिकाले मंसिर ६ गते राती पौने १ बजे ‘तल जाने काम प¥यो, बच्चा राखिदिनु प¥यो’ भन्दै छिमेकी लक्ष्मी श्रेष्ठको घरमा छाडेर गएका थिए । बिहान भएपछि आशिकाको खुट्टा खाली देखेर लक्ष्मीले ‘चप्पल लगाएर आउ’ भनेर घर पठाएकी थिईन् । आशिका घर पुगेपछि मात्र घट्नाको ’boutमा छिमेकीलाई थाहा भएको हो । चप्पल लगाउन घर गएकी आशिका बुवा ‘पिङ खेलिरहेको छ, आमा र दाई सुतिरहेको छ’ भन्दै फर्किएकी थिइन् । पहिला श्रीमती र छोराको हत्यापछि छोरीलाई छिमेकीको घरमा छाडेर टिकाले सलको पासो लगाएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । श्रीमतीलाई घाँटी थिचेर मुक्काले हानेर र छोरालाई समातेर टाउको पछाडिको भाग घरको भित्तामा ठोकाएर हत्या गरेको अनुमान गरिएको छ ।

मृतक तीनै जनाको शुक्रबार हिलेस्थित तामाङ समुदायको समाधिस्थलमा दाहसंस्कारको तयारी भइरहेको छ । सिंगो परिवार गुमाएपछि अनाथ बनेकी आशिकालाई आफन्तले संखुवासभा लैजाने तयारी गरेको धनकुटा नगरपालिका–१ का वडाध्यक्ष ओङद तामाङले बताए । उनी लाकुरे आधारभुत बिद्यालयमा कक्षा १ मा अध्ययनरत छिन् । मादक पदार्थ सेवनका कारण निम्तिएको पारिवारिक झगडाले आमा, बुवा र दाजु गुमाएपछि आशिकाको लालनपालन र शिक्षादिक्षामा चुनौती थपिएको छ ।

छिमेकीका अनुसार टिकाले सँधैजसो मादक पदार्थ सेवन गरेर घरमा झै–झगडा गर्दैआएका थिए । छिमेकीले पटक–पटक सम्झाउँदा पनि उनीहरुको पारिवारिक कलह रोकिएको थिएन । गुरुङ परिवारमा मादक पदार्थ सेवनका कारण घटना घटेको देखिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी राजबाबु महर्जनले बताए । “रक्सी खाएर घटना घटाइएको हो, जहिल्यै रक्सी खाने, झगडा गर्ने गर्दोरहेछ । छोरीले पनि त्यही भनेको छ,” महर्जनले भने, “मंसिर ६ गते अस्पताल जाँदा रक्सी मात्र खायौं भने मिर्गौला बिग्रन्छ, लिभर बिग्रन्छ, चाँडै मर्छौ भनेको रहेछ । श्रीमतीलाई सुनाए होला, श्रीमतीले रक्सी खान दिएन होला, त्यही झगडा भयो होला ।”

गुरुङ परिवार विगत १२–१३ वर्षदेखि निगालेमा बसेर लेबर काम गर्दै बसिरहेका थिए । घरधनी भने तराईमा बसिरहेका छन् । प्रहरीका अनुसार स्वास्थ्यमा समस्या भएपछि टिका स्वास्थ्य परिक्षणका लागि मंसिर ६ गते जिल्ला अस्पताल पुगेका थिए । मिर्गौला र कलेजोमा समस्या देखिएको भन्दै अस्पतालले जाँडरक्सी नखान परामर्श दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम