वनका राजाको स्वास्थ्य चेकजाँच

राउटे समुदायलाई मास्क लगाउँदै दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष ।

दैलेख । दक्षिण एशियाको एकमात्र भ्रमणशिल राउटे समुदायमा स्वास्थ्य चेकजाँच गरिएको छ । गएको बुधवार दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका १५१ जनाको स्वास्थ्य चेक जाँच गरेको हो ।

सुर्खेतको भेरीगंगा नगरपालिका –२ को सत्तरी जंगलमा बसोबास गरिरहेका लोपोन्मुख जातीमा थर्मल गन मार्फत ज्वरो जाँच गरिएको थियो । हामीले ‘थर्मल गन ’मार्फत राउटे समुदायका नागरिकहरुको ज्वरो जाँच ग¥यौं । कुनै पनि राउटेमा उच्च ज्वरो भेटिएन अनमी सुमन काफ्ले बताईन । गुराँस गाउँपालिकाले राउटेको नियमित स्वास्थ्य जाँच गर्ने जनाएको छ । कोरोना संक्रमण रोक्नका लागि राउटे बस्ती अहिले लकडाउन गरिएको छ । राउटे समुदायका नागरिकहरुलाई बस्ती भन्दा बाहिर आउन बन्देज लगाइएको छ भने बाह्य व्यक्तिहरुलाई पनि राउटे बस्तीमा प्रवेशमा रोक लगाइएको छ ।

नेपालको सम्पदा र कर्णालीको गहनामा मानिने राउटे समुदायलाई कोभिड –१९ को संक्रमण हुन नदिनको लागि नियमित चेक जाँच शुरु गरिएको गुराँस गाउँपालिकाले अध्यक्ष खेमराज ओलीले बताए । राउटे समुदायले गुराँस गाउँपालिका–८ का स्थायी बासिन्दा भएकाले कोरोनाबाट जोगाउन गाउँपालिकाले एकहप्तामा दुईपटक स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाएको छ, वलीले भने । ‘आवश्यक परेको बेला जुनसुकैबेला पनि स्वास्थ्यकर्मी खटाउँछौं । लोपोन्मुख जाती बचाउन निगरानी बढाएका हौं ।’

राउटेमा अहिलेसम्म कुनै किसिमको रोगको संक्रमण नदेखिएको वलीले बताए । नियमित स्वास्थ्य जाँच गर्नका लागि सुर्खेतको भेरीगंगा नगरपालिकासँग समन्वय गरेर सरसफाईमा केन्द्रीत हुन्छौं ।’ बस्तीलाई सफा राख्नका लागि शौचालय निर्माणका साथै अन्य सरसफाइका कामहरु गरिने बताए।

‘कोराना नलगाओस भनेर मास्क लगायौं ’
राउटे समुदायका महामुखिया महिनबहादुर शाहीले बस्तीमा कोरोना रोग नलगाओस भनेर जनताले मास्क लगाएको बताए । “रोग नलगाओस भनेर जनताले मास्क लगाएको हो । थोरै मेरो जनता रोगले म¥यो भने राउटे सकिजाला, भन्ने डर लाग्यो अनि मास्क लगायौ,ं शाहीले भने ।

गाउँपालिकाले चेक जाँचका साथै कोरोना संक्रमणबाट बच्न मास्क वितरण गरेको छ । कोरोना संक्रमण रोक्नका लागि मास्क वितरण गरिएको गाउँपालिकाका अहेव निशा मल्लले जानकारी दिइन्। ‘राउटे समुदाय आफ्नो स्वास्थ्य प्रति निकै सहज रहेको पाइयो । कोरोना संक्रमण रोक्नका लागि उनीहरु सजिलै मास्क लगाउन तयार भए ।’ स्वास्थ्य चौकीमा चेकजाँच नगर्ने यो समुदाय पछिल्लो समय विरामी पर्दा स्वास्थ्य संस्थामा उपचार गर्ने गरेका छन् । सबै जनता एकै ठाउँमा बस्ने भएकोले आफुहरुले मास्क लगाएको अर्को राउटे मुखिया सुर्यनारायण शाहीले बताए । बाहिर गए कोरोना लाग्छ भनेपछि हामी बस्ती भन्दा बाहिर गएका छैनौं । सुर्खेतको सरकारले हामीलाई चामल खानेकुरा सबै दिएको छ , मेरा जनता बाहिर नगई छाप्रोमै बसेको छ , मुखिया शाहीले थपे ।

तपाइको प्रतिक्रिया
(Visited 221 times, 1 visits today)

epaper

ताजा समाचार

१० बैशाख २०८३