आदर्श समाज र मानवमूल्य

मानवमूल्य शिक्षा मानिसको शील, स्वभाव, रहन, सहन, धार्मिक तथा सांस्कृतिक ज्ञान आर्जनको स्रोत हो । सामाजिक व्यवहार निर्माणको माध्यम हो । मानवमूल्य शिक्षाले घर, परिवार तथा समाजमा ठुलोलाई सम्मान, सानोलाई माया तथा सहयोगी बन्न आत्मज्ञान दिलाउँछ । समुदायमा रहेका भिन्न जात, जाति, धर्म, लिंग, वर्गमा सहभाव राख्न सक्ने क्षमताको विकास गर्न मद्दत गर्दछ । मानवमूल्य शिक्षाले नैतिकवान, कर्तव्यनिष्ठ, सरल, सभ्य, शालीन, भद्र इमानदार तथा सहयोगी भावना जस्ता मानवीय गुणको विकास गर्न सहयोग गर्दछ । अध्यात्म विवेक, सहिष्णु आचरण, लोककल्याणकारी चिन्तनको विकासमा भूमिका खेल्दछ ।

शिक्षालाई मानिसको तेस्रो आँखा पनि भनिन्छ । शिक्षाले व्यक्तिलाई उसले निर्धारण गरेको लक्ष्यमा पुग्न सहयोग गर्दछ । शिक्षाको सामाजिक कार्य समाज निर्माण गर्नु हो । शिक्षित, सक्षम र अनुशासित नागरिक राज्यका ऊर्जा हुन् । राज्यले उत्पादन गर्ने शिक्षित नागरिकमा देशको माया, आत्मानुशासन, भ्रातृत्व भावना, कर्तव्यनिष्ठता, सहिष्णु व्यवहार जस्ता मानवीय गुण आवश्यक हुन्छ । मानवमूल्य शिक्षाले उल्लेखित गुणका साथै व्यक्तिलाई स्वावलम्बी बन्न, घर परिवार, आफन्तजन, छिमेकीजनलगायत समुदायका बीचमा अन्तरघुलन अथवा सामाजीकीकरण हुन सक्ने ज्ञान दिलाउँछ । यसका सथै तत्अनुरूपको व्यवहार निर्माण गर्न मद्दत गर्दछ ।

समाजका हरेक नागरिकमा नैतिक आचरण, असल व्यवहार, इमानदारिता तथा असल संस्कार भएन भने समाज तथा सिंगो देशलाई हानि पुग्दछ । शिक्षाविद् थोमसनका अनुसार शिक्षा व्यक्तिको बानी, व्यवहार, विचार र धारणामा स्थायीरूपमा परिवर्तन गर्ने साधन हो, भन्ने छ । महात्मा गान्धीले त शिक्षालाई बालक र मानिसको शरीर, मन र आत्ममा रहेका असल कुरालाई सम्पूर्णरूपमा बाहिर निकाल्ने साधनका रूपमा अथ्र्याएका छन् । यसैगरी रुसोले शिक्षालाई आचरण निर्माणको माध्यम हो, भने । उल्लेखित व्यक्ति एवं व्यक्तित्वको भनाइमा आधारित नागरिक उत्पादन गर्न मानवमूल्य शिक्षाको खाँचो देखिन्छ ।

कस्तो शिक्षा दिई कस्ता नागरिक उत्पादन गर्ने भन्ने कुरा राज्यले तय गरेको शिक्षा नीति, शिक्षाको उद्देश्य, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ पद्घति र सिकाइ उपलब्धिजस्ता कुराहरूले निर्धारण गर्दछ । जस्तो बिउ रोप्यो त्यस्तै फल पाइन्छ भने झैं असल नागरिक उत्पादन गर्न तत्अनुरूपको शिक्षा आवश्यक हुन्छ । शिक्षा व्यक्तिको सर्वांगीण विकासको साधन हो । सर्वांगीण विकासको अर्थ मानिसको जीवनमा आवश्यक पर्ने सम्पूर्ण क्षेत्रको विकासलाई बुभ्mनु पर्दछ । कुनै पनि व्यक्तिले कुनै क्षेत्रमा विषयगत विज्ञता हासिल गर्नु मात्र सर्वांगीण विकास होइन । पेसागत विज्ञता र दक्षताको अतिरिक्त व्यक्तिमा अध्यात्मिक चेतना, सांस्कृतिक अभ्यास, नैतिक चरित्र, बौद्घिक ज्ञान, सामाजिक व्यवहार तथा भाषिक सीप जस्ता मानवीय गुणले सुसज्जित भएमा मात्र सर्वांगीण विकासको अर्थ लाग्दछ । मानवमूल्य शिक्षा उल्लेखित क्षेत्रको ज्ञानको स्रोत हो ।

आचरणबिनाको व्यक्ति स्वयं, घर, परिवार, समाज तथा राष्ट्रकै लागि अनुत्पादक हुन्छ

शिक्षालाई आदर्श र कर्मशील मानव जीवन तयार गर्ने साधनको रूपमा मानिन्छ । अमेरिकन शिक्षाविद् जोन डिबेले शिक्षा जीवनका लागि होइन, जीवन नै हो भने । यस्तो जीवनरूपी शिक्षालाई कस्तो बनाउने भन्ने कुराको तय गर्ने आधिकारिक संस्था राज्य हो । त्यसैले राज्यले जीवनमा उपयोग हुने शिक्षाको मोडेल तय गर्नुपर्छ । विद्यमान शिक्षा प्रणालीले हरेक शिक्षितलाई घर, परिवारप्रतिको कर्तव्यबोध गराउन नसकेको जानकारहरू बताउँछन् । अहिले हाम्रो शिक्षा प्रणालीबाट उत्पादित शिक्षितमा देशप्रतिको नागरिक कर्तव्यको भावनालाई विकास गराउन सकेको छैन । शिक्षाले राष्ट्रिय भावनाको विकास गराउन नसक्दा शिक्षित युवा पुतली बत्तीमा होमिएजस्तै बिदेसिएको अवस्था छ । गाउँबस्ती युवाविहिन भएका छन् । समाजमा अराजक गतिविधिहरू व्याप्त छन् । धार्मिक तथा सांस्कृतिक विचलन भइरहेको अवस्था छ । यसरी हेर्दा उल्लेखित समस्या समाधान गर्न सक्ने शिक्षाको मोडेललाई मानवमूल्य शिक्षा मानिन्छ ।

विवेकानन्दले शिक्षालाई मानिसमा भएका सम्पूर्णताको पहिचानको रूपमा लिएका छन् । दार्शनिक सोक्रेट्सले सार्वजनिक वैधताको विचारलाई बाहिर ल्याउनु नै शिक्षाको कार्य हो, भन्छन् । उल्लेखित भनाइको आँखी भ्mयालबाट हेर्दा शिक्षालाई मानिसको जीवनको अभिन्न अंगका रूपमा स्वीकार गर्दै व्यक्ति, समाज र सिंगो देशको पहिचान स्थापित गर्ने माध्यम हो । राम्रा विचारबाट मात्र असल कार्य हुन सक्दछ । असल विचारको स्रोत पनि शिक्षा नै हो । शिक्षाले विनास होइन, निर्माण गर्न पर्दछ । सिर्जना गर्नुपर्छ । इतिहासको गौरवको अनुभूति गराउँदै वर्तमानको आवश्यकतालाई पूरा गर्न शिक्षाले प्रभावकारी भूमिका खेलेको हुन्छ ।

शिक्षाको कार्य व्यापक छ । शिक्षाको कार्य भौतिक विकास गर्नु मात्र होइन । व्यक्ति, समाज र राष्ट्रमा मानवीय मूल्य र मान्यतालाई पुस्तान्तरण गर्न शिक्षाको ठुलो भूमिका रहन्छ । अहिले समाजमा असल आचरण, नैतिकता, इमानदारिता, लोककल्याणकारी चिन्तन, सकारात्मक सोच, परोपकार, सामाजिक सद्भाव जस्ता मानवीय गुण हराउँदै गएको अवस्था छ । सामाजिक सद्भाव, आपसी सहयोग, आध्यात्मिक चेतना, आत्मानुशासन, लोकहित तथा बसुधैव कुटुम्बकम्को व्यवहार जस्ता कुराहरू समाजका आधार हन् । मानवीय व्यवहारका स्तम्भ हुन् । समाजमा शान्ति र सुव्यवस्था कायम गर्न त्यहाँका नागरिक अनुशासित, सहयोगी, मानवतावादी एवं सहनशील हुनु आवश्यक हुन्छ । यस अर्थमा उल्लेखित चिन्तनको विकास र अभ्यासका लागि मानवमूल्य शिक्षा अनिवार्य सर्त हुन आउँछ ।

वैज्ञानिक हेलेन केलरले शिक्षाको उच्चतम सिकाइ सहनशीलता हो भन्छिन् । उनले भने झैं व्यक्ति र समाजलाई एकआपसमा मिल्न, सामाजिक सद्भाव तथा सहिष्णुमैत्री व्यवहारका साथै सहनशील बनाउन मानवमूल्य शिक्षाको विषयवस्तु आवश्यक ठानिन्छ । वर्तमान समाजमा अपराधीकरण, भ्रष्टचार, सम्बन्ध विच्छेद, पारिवारिक बेमेल, ज्येष्ठ नागरिकको अपहेलना जस्ता कार्यहरू बढ्दै गएको अवस्था छ । व्यक्तिव्यक्ति मिलेर समाज निर्माण हुने हुँदा समाजका हरेक व्यक्ति असल, चरित्रवान्, कर्मशील, सहनशील, सकारात्मक, कर्तव्यनिष्ठ, लोकतान्त्रिक र परोपकारी हुन सके मात्र आदर्श समाज निर्माण हुन सक्दछ । अहिले शिक्षालाई समयसापेक्ष बनाउनुपर्ने वहस छ । किन्तु, शिक्षाको कार्य व्यापक हुने भएकाले यो व्यापकताभित्र मानवमूल्य शिक्षालाई समावेस गर्न छुटाउनुहुँदैन । अर्थात् समयसापेक्ष शिक्षाभित्रको एउटा अत्यन्त महत्वपूर्ण पाटाको रूपमा मानवमूल्य शिक्षालाई सम्झनुपर्छ ।

वर्तमान सन्दर्भमा समाजमा आप्mनै शिक्षित छोराछारीबाट नै वृद्घ मातापिताहरू अपहेलित हुनुपरेका घटनाहरू आइरहेका छन् । एकातिर जन्मदिने बुबा आमाले सहनशील, दयालु तथा कर्तव्यनिष्ठ श्रवणकुमाररूपी छोराछारीको अभाव महसुस गरिरहेको अवस्था छ भने अर्कोतिर शिक्षालयमा एकलव्यरूपी गुरुलाई सम्मान गर्ने चेलाहरू उत्पादन हुन नसकेको स्थिति छ । यस दृष्टिकोणबाट हेर्दा मानवमूल्य शिक्षाको विषयवस्तुको ज्ञान महत्वपूर्ण मानिन्छ ।

अन्त्यमा जसरी फलेको दानामा रस भरिनका लागि जराबाट नै मलजल दिनुपर्छ, त्यसरी नै मानव जीवनलाई सक्षम, सिर्जनशील, नैतिकवान् तथा विवेकशील बनाउन मानवमूल्य शिक्षाको ज्ञान आवश्यक ठानिन्छ । बुद्धले तिमी जस्तो सोच्छौ त्यस्तै बन्छौ भने झैं असल सोचाइबिना इमानदार, विवेकशील तथा नैतिकवान् व्यक्ति बन्न सम्भव हुँदैन । सकारात्मक सोचाइ तथा असल आचरणबिनाको व्यक्ति स्वयं आपूm, घर, परिवार, समाज तथा राष्ट्रकै लागि अनुत्पादक हुन्छ । आचरण मानिसको आभूषण मात्र होइन, कुल भूषण हो । त्यसैले मानिसमा नैतिकता, असल चरित्र, अध्यात्म विवेकका साथै सकारात्मक सोच तथा मानवीय गुणहरू आर्जन गर्न मानवमूल्य शिक्षाको ज्ञान आवश्यक ठानिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा एमालेको विरासत तोड्ने योजनामा कांग्रेस, एमाले भन्छ : हामी जित्छौँ