कुवेतको जेलमा ५७ जना नेपाली

काठमाडौं । कुवेतको केन्द्रीय कारागारमा ५७ जना नेपालीले जेल जीवन बिताइरहेका छन् ।

अधिकांश लागूऔषधमा संलग्न

कुवेतस्थित नेपाली दूतावासका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमका अनुसार ५७ नेपाली कुवेतका विभिन्न जेलमा छन् । उनका अनुसार अधिकांश लागूऔषध ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका छन् । केही चोरी डकैती र झैझगडाको मुद्दामा जेलमा छन् ।

‘यो केही पहिलाको विवरण हो, हामीले पछिल्लो अपडेट कुवेत सरकारको सम्बन्धित निकायसँग मागेका छौं, हामी पनि त्यसको प्रतिक्षामा छौं,’ सूचना अधिकारी गौतमले राजधानीसँग भने, ‘पछिल्लो विवरण आउँदै छ, योचाहिँ हामीसँग उपलब्ध डाटा हो ।’

कुवेतले गैरकानुनी रूपमा बसेका कामदारलाई छापा मारी धरपकड अभियान चलाइरहेकाले यो संख्या बढ्नसक्ने उनले बताए ।

कुवेतमा घरेलु कामदारका रूपमा पुगेका नेपाली महिला कामदारलाई त्यहाँ रहेका विभिन्न नेपाली एजेन्टले आकर्षक रोजगारीको प्रलोभन देखाई घरबाट भगाउने र गैरकानुनी काममा लगाउने र त्यस्ता कामदारलाई त्यहाँको प्रहरीले पक्राउ गरी जेलमा राख्ने गरेको कुवेतमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिले बताउने गरेका छन् ।

कुवेतमा केही व्यक्तिको स्वार्थका कारण नेपालीहरू गैरकानुनी क्रियाकलापमा जानीजानी संलग्न हुने गरेको, धेरै पैसा कमाउने लोभले नेपालीहरू फस्ने गरेको नेपाली संघसस्थाले बताउने गरेका छन् ।

कुवेतमा रहेका मणि खड्का लेख्छन्, ‘कुवेतमा घरेलु काममा आएका दिदीबहिनीलाई बाहिर काम राम्रो पाइन्छ, भागेर काम गर्नु भन्दै फकाउँदै बाहिर बोलाएर अलपत्र पार्ने गरेको पाइएको छ, अरूको लहैलहैमा लागेर बाहिर आउनुभन्दा पहिले ५० चोटी सोच्नुस्, सुख खोज्दा झन दुःख पाइन्छ बुझ्नुस्, अर्काको मुलुकमा बिनाकागजपत्र बाहिर लुकीलुकी काम गर्नुको पीडा अर्कै छ ।’

खड्काले लोभ, प्रलोभन र मायाको नौटंकी गरी सोझासिधालाई फकाएर भाग्न बाध्य पार्ने अनि बाहिर आएपछि अनैतिक काम लगाउने र अलपत्र छोड्ने जो कोही हुन्, ती सबै अपराधी नै भएको उल्लेख गरेका छन् । यिनीहरूको लहैलहैमा परेर आउनेहरूको पनि गल्ती छ, तर बाहिर आएर राम्रो काम पाउनेहरू पनि छन्, उनीहरूको जीवन राम्रै चलेको होला, तर पीडा भोग्नेलाई थाहा हुन्छ श्रम र शारीरिक शोषणको, त्यसैले बिचार पु¥याउन खड्काले सबैमा अनुरोध गरेका छन् ।

२ सय ९२ गैरकानुनी कामदार पक्राउ
कुवेतमा आप्रवासी कामदार बसेको ठाउँमा छापा मारेर हालसम्म २ सय ९२ जना गैरकानुनी कामदारलाई पक्राउ गरिसकिएको छ । कुवेतको आन्तरिक मन्त्रालयले गरेको आकस्मिक निरीक्षणका क्रममा फरवानिया, फहाहिल, मंगफ, महबुला, सालमियालगायतका विभिन्न क्षेत्रमा आवास तथा काम ऐन उल्लंघन गरी १३ वटा नक्कली घरेलु कामदारको कार्यालयमा छापा मारेर २ सय ९२ जना आप्रवासीलाई पक्राउ गरिएको हो ।

मन्त्रालयले आवास तथा कार्य ऐन उल्लंघन गर्ने विभिन्न राष्ट्रियताका आप्रवासीको पहिचान गरी पक्राउ गर्न बिहानदेखि बेलुका अपरेसन गरेको थियो । पक्राउ परेका व्यक्तिहरूलाई जवाफदेहिता सुनिश्चित गर्न सम्बन्धित निकायमा पठाइएको मन्त्रालयले जनाएको छ ।

कानुन उल्लंघनका क्रममा पक्राउ परेकालाई देश निकाला गरिने जनाएको छ । कुवेतले विभिन्न समयमा गैरकानुनी रूपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई कानुनी प्रक्रिया पूरा गरी कुवेतमै बस्न वा सीमित जरिवाना तिरेर आआफ्नो मुलुक फर्किन दिएको समय सीममा पनि नफर्किएकाहरूविरुद्ध कडा कदम चाल्दै गिरफ्तारी जारी राख्ने जनाएको छ ।

पछिल्लो समय कुवेतमा लागूऔषध दुव्र्यसन र ओसारपसार गरेको आरोपमा पक्राउ परेका नेपालीलाई जेलमा राखिएको र जेल सजाय सकिएपछि देश निकाला गरिँदैआएको बताइएको छ ।

विभिन्न पेसा गरी कुवेतमा करिब ७० हजार नेपाली कामदार कार्यरत रहेका बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित