लुम्बिनी मेडिकल कलेज बिरामी भर्ना गर्न मान्दैन

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पाले ज्वरो र रुघाखोकीको बिरामीको उपचारमा संवेदनशिल हुने दाबी गरेपनि व्यवहार भने ठिक उल्टो गरिरहेको छ । माथागढी गाउँपालिका ४ झडेवाका विष्णु सारु बिहिबार उच्च ज्वरो आएपछि उपचारका लागि मेडिकल कलेज गए तर उनलाई कलेजले भर्ना गरेन् । डाक्टरले रगत परिक्षणको रिर्पोट नआउदै औषधी दिएर घरमा जाने सुझाव दिए । उनी घर गए तर उनको ज्वरो घटेन । ज्वरो बढेपछि स्थानीय सरकार गुहारे । शुक्रबार घर पठाइएका सारुको स्वास्थ्य अवस्था सुधार नभएपछि गाउँपालिकाको स्वास्थ्यकर्मीको टोली उनकै घरमा पुग्यो । सारुसंगै उनका बुबा चन्द्र बहादुर सारु पनि उस्तै बिरामी देखेपछि स्वास्थ्यकर्मीको टोली कजेलले भर्ना नलिएकोमा अचम्म भए ।

उनिहरुले तुरुन्त अस्पताल लैजाने निधो गरे । भर्ना गरेर नै उपचार गर्नुपर्ने बिरामीको फिर्ता भएमा ’boutमा जिल्लाका संचारकर्मी, कोरोना संक्रमण रोकथाम तथा सहजिकरण जिल्ला स्तरीय टोली र सामाजिक सञ्जाल सबै तिर तरङ्ग फैलियो । मेडिकल कलेजले बिरामी भर्ना नगरेर फिर्ता गर्नु गलत हो भन्नेमा चौतर्फी दबाब बढ्यो । जिल्लाको कोरोना संक्रमण रोकथाम तथा सहजिकरण कमाण्ड पोष्टको टोली लुम्बिनी मेडिकल कलेज पुग्यो, कलेज प्रशासनसंग छलफल चलिरहदा गाउँपालिकाको समन्वयमा बिरामीलाई पुन मेडिकल कलेज नै ल्याउने काम भयो ।

माथीको घटनाले रुघाखोकी र ज्वरोको बिरामीले आफै एक्लै आएर वा आफन्तसंग आएर मात्रै सहज तरिकाले उपचार सेवा दिनेमा मेडिकल कजेल संवेदनशिल अझै बनेको छैन भन्ने प्रष्ट हुन्छ । गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेर सारु र उनका बाबु चन्द्र बहादुरलाई मेडिकल कलेज ल्याइ भर्ना गरी उपचार थालिएको छ ।

रुपन्देहीको लुम्बिनीमा होटलमा काम गर्ने उनी चैत्र ६ गते झडेवा घर फर्किएका थिए । मेडिकल कलेजले यस अघि ३ जना बिरामी भर्ना नगरी फिर्ता गरेको बिषय सार्वजनिक भएसंग संचारकर्मीसंगको भेटमा कलेजका अध्यक्ष गोपाल प्रसाद पोखरेलले विगतमा भएका कमजोरी सच्चाएर बिरामीको उपचार गर्न कलेज तयार रहेका जनाएको थिए । तर उनको प्रतिबद्धता २ दिन पनि टिकेन ।

अध्यक्ष पोखरेलले कोरोना संक्रमण रोकथाममा चिकित्सकहरु परिचालन, शैयाहरुको व्यवस्थापन, उपकरणहरुको व्यवस्थापन लगायत बिरामीको चाप र अवस्था अनुसार सेवा प्रवाहका कमि नहुने कलेजको दाबी गदै आएका छन् । सरकारले मेडिकल कजेललाई कोरोना संक्रमण रोकथाम उपचार अस्पताल रुपमा तोकेको छ । मेडिकल कलेजले ज्वरो क्लिनिक संचालन गर्नुका साथै १० शैयाको आइसोलेसन समेत तयार गरेको छ । आइसोलेसन शैया थप गर्ने, अक्सिजन सहितका उपकरणको व्यवस्था गर्ने, शौचालय लगायत अन्य व्यवस्थापनमा सुधार गर्ने जस्ता बिषयमा शुक्रबार समेत कोरोना संक्रमण रोकथाम तथा सहजिकरण कमाण्ड पोष्टको टोलीसंग छलफल भएको बुझिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 459 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?