वृद्ध दम्पतीले विद्यालयमा राखिदिए १६ वटा सीसीटिभी क्यामेरा

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–१० चुङमाङका वृद्ध दम्पतीले स्थानीय भारती माध्यमिक विद्यालयमा सीसीटिभी क्यामेरा जडान गरिदिएका छन् । समाजसेवी ७८ वर्षीय रमेशकुमार राई र उनकी श्रीमती ६५ वर्षीया चन्द्रकलाले १ लाख ५० हजार रुपैयाँ खर्च गरेर विद्यालयमा १६ वटा सीसीटीभी क्यामेरा जडान गरिदिएका हुन् ।

सोही विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका राई हुलाक कार्यालयबाट अवकासप्राप्त कर्मचारी हुन् । विद्यालयको शैक्षिक र प्रशासनिक गतिविधि निगरानी गरेर थप व्यवस्थित गर्न सहयोग पु¥याउने उद्देश्यले सीसीटीभी क्यामेरा प्रदान गरेको वृद्ध राईले बताए ।

यसैबीच, सहयोग गर्ने वृद्ध दम्पतीलाई विद्यालयले कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । कार्यक्रममा वडाध्यक्ष हरिबहादुर खत्री र विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेलले दोसल्ला ओढाई प्रशंसापत्र प्रदान गरेर वृद्ध दम्पतीलाई सम्मान गरे ।

सो अवसरमा वडाध्यक्ष खत्री, प्रधानाध्यापक पौडेल, स्थानीय बुद्धिजीवी तथा समाजसेवी आनन्दसन्तोषी राई, रणबहादुर राई, ठगिनकुमार राई, कृष्णप्रसाद कट्टेललगायतले सहयोग गर्ने दातालाई धन्यवाद ज्ञापन गर्दै उनीहरूको सहयोगी भावनाको प्रशंसा गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री