प्लास्टिकजन्य सामग्री विस्थापित गर्न डोको महोत्सव

दैलेख । सहरी क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न दैलेखमा डोको महोत्सव सञ्चालन गरिएको छ । प्लास्टिकजन्य सामान प्रयोग गर्दा त्यसबाट निस्कने प्रदूषणले मानव स्वास्थ्यमा असर पु¥याउने हुँदा नियन्त्रण गर्न डोको महोत्सव सञ्चालन गरिएको गरिएको हो ।

प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा किसानको जीवनस्तरमा सहयोग पुग्ने बताए । त्रिभुवन मावि नयाँ बजार दैलेखमा सञ्चालन गरिएको डोको महोत्सव कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य थापाले डोको बुनाइबाट स्थानीयस्तरमा निर्माण गरिएका कच्चापदार्थको बजारीकरणमा सहयोग पुग्न सक्ने बताए । उनले पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान दैलेखले नेतृत्व गरेको अभियानले सीप र कलालाई अगाडि बढाउन मद्दत पुग्ने बताए ।

स्थानीय स्रोतसाधनको प्रयोग गरी बनाइएका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको डोको महोत्सवले किसानलाई बजारीकरणमा सहयोग पुग्ने नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले बताए ।

यस्ता खालका परम्परागत कामलाई व्यावसायिकीकरण गर्नसके अझ सहज हुने र नारायण नगरपालिका दैलेखले यस्ताखाले अभियानलाई सक्ने सहयोग निरन्तर गर्ने उनको भनाइ थियो ।

यो अभियानले अहिले बजारमा पाइने प्लास्टिकका सामानलाई विस्थापित गर्न सक्नुपर्ने नगर प्रमुख शर्माको भनाइ थियो ।

पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानका अध्यक्ष लोकेश गिरीले यो महोत्सवले स्थानीयस्तरमा निर्माण गरिएका कच्चापदार्थको बजारीकरणमा सहयोग पुग्नाका साथै नागरिकले सहज रूपमा प्रयोगमा ल्याउन सक्ने बताए । स्थानीयस्तरमै बाँस–निगालाबाट निर्माण गरिएका डोका प्रयोगमा ल्याइएमा नारायण नगरपालिकालाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्न मद्दत पुग्ने जानकारी दिए ।

प्लास्टिकबाट बनेका सामग्री प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापनमा कठिनाइ हुने, प्लास्टिकका सामान प्रयोग गर्दा मात्र नभई नष्ट गर्दासमेत त्यसबाट निस्कने प्रदूषणले वातावण र मानव स्वास्थ्यमा असर पु-याउने हुँदा वातावरणमैत्री बनाउन सबैले सहयोग गर्न उनले आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चामुण्डा विन्द्रासैनीमा काँग्रेसका उम्मेदवार विजयी