दर्ताबिना सञ्चालित अनलाइन कानुनी दायरामा ल्याइने

अर्घाखाँची । प्रेस काउन्सिलका बोर्ड सदस्य ठाकुर बेल्बासेले अनलानलाई थप व्यवस्थित गर्न काउन्सिल निरन्तर लागेको, बिनादर्ता चलेका अनलाइन दर्ताका लागि ताकेता गरेको बताएका छन् ।

प्रेस काउन्सिल नेपालको आयोजनामा पत्रकार आचारसंहिता जागरण कार्यक्रमअन्तर्गत पत्रकार महासंघ अर्घाखाँची शाखको संयोजनमा सन्धिखर्कमा भएको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

दर्ताबिना पनि अनलाइन सञ्चालन गरेको पाएकाले ती मिडिया कानुनी दायरामा ल्याउन पहलसमेत गर्ने उनले बताए । काउन्सिलले गर्ने गरेको कारबाही र निर्णय, खण्डन ध्यानाकर्षण, क्षमायाचनाको निर्देशन, सचेतताका लागि पठाइने पत्रजस्ता विषयमा समेत सदस्य बेल्बासेले जानकारी गराएका थिए ।

युट्युबलाई पनि व्यवस्थित गर्ने विषयवस्तु आफूहरू लागि परेको काउन्सिल बोर्ड सदस्य सरोज अधिकारीले बताए । यसमा पनि विभिन्न उजुरी पर्ने गरेका छन् । हेरेर कारबाही गर्दै आएको भनाइ छ ।

काउन्सिलमा सबै सञ्चारमाध्यमको अभिलेखीकरण हुने र अनलाइनमार्फत उजुरी दिन सकिने व्यवस्था गरिएको काउन्सिलका मुख्य अधिकृत झविन्द्र बताएका हुन् ।

यस्तै, अर्घाखाँची जिल्लामा सञ्चालित अधिकांश मिडिया कोरोनापछि धरासायी अवस्थामा पुगेको मिडिया सञ्चालक तथा पत्रकारले गुनासो राखेका थिए । हाल जिल्लामा सञ्चालन भएका १० वटा रेडियो, १३ वटा अनलाइनलगायतका मिडिया सञ्चालनमा चुनौती थपिँदै गएको बताएका हुन् । यस्तै, राज्यले नै व्यावसायिक पत्रकारिताको विकासमा ध्यान दिन अहिलेको आवश्यता रहेको समेत बताएका थिए । कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले पनि जिल्लाको पत्रकारिताको हालको अवस्था’bout जानकारी गराका थिए । हाल पत्रकार महासंघको सदस्यताको जिल्लामा संख्या ६० रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 151 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो