बर्मुडाको हात्तीसुँढे !

आजको विज्ञान र प्रविधिको युगमा पनि रहस्यमय मानिँदै आएको छ, बर्मुडाको हात्तीसुँढे † बर्मुडा आफैंमा अनुसन्धानको विषय बनिरहेको छ । ‘बर्मुडा ट्रिएंगल’ त चर्चामा छ । आन्ध्र महासागरमा पर्ने बर्मुडा ट्रिएंगल भनिने सामुद्री सतहमा चल्ने हात्तीसुँढेले धेरैको ज्यान लिने गरेको छ । यो रहस्यमय क्षेत्रले अमेरिकाको फ्लोरिडा, बर्मुडा र प्युर्टोरिकाका बीच ठुलो समुद्री भाग ढाकेको छ । क्षेत्रफल मात्र यसको ७ लाख वर्ग किलोमिटर छ । यहाँ आँधीहुरी बेजोडले चल्छ । समुद्री सतह भएकाले यहाँ चल्ने आँधीहुरीका लागि कुनै पनि रोकावट हुँदैन ।

यो क्षेत्र आन्ध्रमहासागरमा पर्छ । अक्षांश रेखाका हिसाबले भूमध्ये रेखाको नजिक पर्ने यो समुद्री सतह उत्तरपश्चिम फैलिएको छ । यो समुद्री सतहमाथि आकाशमा उड्ने र उडेका धेरै हवाईजहाज तथा समुद्री जहाज हराउने गरिरहेका छन् । यो अक्षांशमा पुग्दा पाइलट र क्याप्टेनहरू सकभर यो सामुद्रिक भयावह छल्न प्रयास गर्दछन् ।

तर, यो त्रिकोणत्मक रूपमा उत्तरदक्षिण फैलिएको समुद्री सतहमा चल्ने हात्तीसुँढेले जता पनि तेर्सिएर बाटो छेके झैं देखिन्छ । कहिले अघिबाट बाटो छेक्छ त कहिले पछाडिबाट लखेट्न आउँछ । त्यो पनि ज्यानै लिने गरी † त्यसैले पनि यसको नाम ‘राक्षसी त्रिकोण’ राखिएको छ । वैज्ञानिक यहाँ सामुद्रिक सुनामी उठिरहने विश्वास गर्छन् । यसलाई उनीहरू पनि ‘राक्षसी सुनामी’ भन्नपछि परेका छैनन् । यो हात्तीसुँढे विश्वका हालसम्मका खतरनाक सुनामीभन्दा सैयौं गुणा भीमकाय हुन्छ ।

यो समस्याबाट पार पाउन सेटेलाइटबाट निरन्तर र गम्भीर रूपमा निगरानी गरिन्छ । अडियो भिजुअल तबिर रेकर्ड भइरहन्छ । दिनरात सैयौं फिट अग्ला पानीका भुमरी आकाशमा हात्तीको सूँढ झैं फनफनी घुमिरहने यो क्षेत्रमा कुहिरो लाग्ने, हावाहुरी चल्ने र अगाडिको आइसाइट नै बन्द हुने गरी बादल लाग्ने गर्दछ ।

हात्तीसुँढे चल्ने बर्मुडा ट्रिएंगलको पानीको इलाका त्रिकोणत्मक भए पनि आकाशमा लाग्ने बादल भने हेक्जागोनल वा षट्कोणीय हुन्छ । यो बादलले चक्रवाती हुरीसहितको वातावरण सिर्जना गर्छ । त्यसपछि त सामुद्रिक सतहमा २७४ किलोमिटर प्रतिघण्टाका दरले हात्तीसुँढे मताउन थाल्छ । यसले समुद्रको पिंधको पानी समेत उठाएर आकाशतिर बिसर्जन गर्दै हिंड्छ । पानीको बिसर्जन यति बलशाली र घातक हुन्छ कि यसलाई वैज्ञानिकले ‘एयर बम’ नाम दिएका छन् ।

यस इलाकामा अहिलेसम्म २०० भन्दा बढी हवाईजहाज र पानीजहाज तथा हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । यो विपत्तिले १९ वटा ठुला हवाइ उडानसहित टीबीएम नामक युद्धक विमान निलिसकेको छ ।

१०० फिटसम्म आकाशमा जोडतोडका साथ उठ्ने पानीको हात्तिसुँढे भुमरी र हुरी तथा अग्ला सामुद्रिक छालले यस क्षेत्रमा नियमित आश्चर्यजनक हर्कत देखाउँछन् । वैज्ञानिकले यसो हुनुमा सघन प्राकृतिक चुम्बकीय घनत्वले काम गरेको अनुमान गरिरहेका छन् ।
(स्रोत ः विकिपिडिया, गुगल, बर्मुडा ट्रियाएंगल र विश्वका खुला रहस्य)

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम