मकैको पोस्करबाट टोपी, झोला र ढक्की बनाउने तालिम किसानलाई

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाले किसानको मकैबाट निस्किएको पोस्करबाट टोपी, झोला र ढक्की जस्ता सामान बनाउने सिप सिकाएको छ ।

भुमिकास्थान नगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷०८१ देखि संचालनमा ल्याएको कर्मशिल जनशक्ति परिचालन कार्यक्रम अन्तरगत पोस्कर र थाकलको पातबाट हस्तकलाका सामान तयार गर्ने जनशक्ति उत्पादन गरेको नगरप्रमुख झविलाल थापाले बताए।यसबाट रोजगार सृर्जना पनि हुने नगरप्रमुख थापाको भनाइ छ ।

गाईभैंसीलाई घाँस हाल्ने, नखाए खेर फाल्ने मकैको पोस्कर बाट बनाउन सिकाएकोे सिप सिकाएर तयारी सामान नगरपालिकाले बजारीकरण गर्नको लागि सहजीकरण गर्ने भएपछि भुमिकास्थानका किसानहरुमा पनि खुशी भएका छन ।तालिममा सहभागी रचना विक का अनुसार सिपको सदुपयोग गरेर आफुहरु अब देखि आत्म निर्भर बन्नको लागि काम गर्ने बताइन ।

नगरपालिका भित्र रहेका १० वटा वडालाई समेटेर तालिम संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द आचार्यले बताए ।१० वडा लाई समेटेर ५ स्थानमा तालिम संचालन गरेको उनले भनाइ छ।

१ महिनासम्म संचालन भएको तालिममा १ सय किसान सहभागीता रहेका थिए । मकैको पोस्कर र थाकलको पातबाट झोला, टोपी र ढक्की बनाउने ३० दिने तालिमबाट भुमिकास्थानमा १ सय जना कर्मशिल जनशक्ति उत्पादन भएका छन। तालिममा ओम राजश्री मल्टि एग्रो प्रा.ली. काठमाडौंको प्राविधिक सहयोग गरेको सुचना हरिश्चन्द्र भुसालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 301 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो