‘अन्धा’को देशमा कानो राजा

धृतराष्ट्र

यो छोटो आलेखमा पूर्णरूपले दृष्टिविहीनको कुरा गर्न खोजिएको छैन । विशेषज्ञका हैसियतमा ज्ञानगुनका कुरा छर्न पनि खोजिएको होइन । एक सामान्य जिज्ञासु नागरिकका नाताले मनको बहसम्म पोखिँदै छ । दृष्टिविहीनताको कुरा गर्ने हो भने धृतराष्ट्र पनि दृष्टिविहीन थिए र गान्धारी पनि । धृतराष्ट्र जन्मान्ध थिए, बिधाताले नै अन्धो बनाएर पृथ्वीमा अवतरण गराइदिएका । गान्धारी चाहिं आफ्नै छनोटका कारण अन्धी थिइन् । गान्धारी धर्मान्ध थिइन्, जन्मान्ध होइन । हामी नेपाली जनता त खुला आँखाका साथ अन्धो छौं । सबै अंग प्रत्यंग साबुत भएर गए पनि नितान्त परनिर्भर र परजीवी † चोक, गल्ली, चिया पसल, कलेज, अफिस, सामाजिक सञ्जालमा बहस, प्रतिक्रिया दिन पछाडि पर्दैनौं, तर त्यै कुरा व्यवहारमा उतार्नु प¥यो भने आँखा पुरै चिम्लिन्छौं, जिम्मेवारी अरूको टाउकोमा हाल्छौं र अरू कसैले डो-याइदिए हुन्थ्यो भनेर कुर्छौं ।

नेपालले जस्तो छिटोछिटो राजनीतिक व्यवस्था परिवर्तनको शृंखलाको अनुभव विश्वका अन्य कुनै राष्ट्रले सायदै गरेको होला । कुनै पनि व्यवस्थाको उद्देश्य त्यस देशका नागरिकको जीवनस्तरमा सुधार ल्याउने नै होला, जनताको अवस्था परिवर्तन गर्ने नै होला । हामी कहाँ ब्यवस्था निरन्तर परिवर्तन भइरह्यो र परिवर्तित ब्यवस्था लगातार असफल साबित भइरह्यो । सधैं योभन्दा त पुरानै ठिक’ भन्ने आवाज आइरह्यो । ब्यवस्था सञ्चालकको मस्तिष्कमा ब्यवस्था परिवर्तनको उद्देश्य के हो र किन भन्ने कुराको स्पष्टता नभएका कारणले नै होला व्यवस्था फेरिए, जनताको अवस्था फेरिन सकेन । राजनीतिज्ञले देखाएको सपनामा जनताले विश्वास गरे र साथ पनि दिए । तर, राजनीतिका कर्ताधर्ताले आफंैले दिएका ती अश्वासन र बाँडेका सपना बिर्से † जनताले धोखा पाएको अनुभव गरे ।

नेपालको राजनीतिक आकाशमा यतिबेला ‘मिसन ८४’ भन्ने आवाज घनिभूत रूपमा सुनिन थालिएको छ । नयाँ भनिने दलले त भने भने, पुराना स्थापित मूलधारका हाल सत्ताको केन्द्रमा रहेका दल पनि मिसन ८४ को रटान लगाउँदै छन् । यो आफंैमा बुझिनसक्नु छ । हुन त संसदमा १० प्रतिशतभन्दा कम स्थान भएको दलले १३ मन्त्रालयको माग पनि गरेका छ्न् । अनि शीघ्र चुनाव पनि खोजेका छन् । जेसुकै भए पनि ‘परिवर्तनको झिल्को’ मानिएका र ‘आशालाग्दो’ भनिएका कथित नयाँ शक्ति र ब्यक्तिलाई शीघ्र चुनावको हुटहुटी जाग्नु स्वाभाविक मानौं । तर, मूलधारका भनिएका कांग्रेस, एमाले, माओवादी पनि ‘मिसन ८४’ भन्छ्न् । आज र ८४ का बीच ८१, ८२ र ८३ सिंगै छन् । सत्तारूढ दलका नाताले सरकारको जिम्मेवारी निभाएर जनताको आकांक्षा पूरा गर्न र प्रमुख प्रतिपक्षी भएर सरकारलाई उत्तरदायी बनाउँदै जनतामा लोकप्रिय बन्न सके भने ८४ आफंै साधिन्न र ? आखिर ८४ को चुनाव पनि जनताको आकांक्षा पूरा गर्न नै होइन ? अहिले नै ८४ बोलाउनुको अर्थ के ? जनताबाट म्यान्डेट पाएर पनि क्षमता नभएका कारणले केही गर्न नसक्ने अवस्था भएको र फगत चुनावको समयमा कोरा आश्वासन बाँड्ने मात्र सीप भएका कारणले छिट्टै ८४ को आह्वान गरिएको हो ?

मूलधारकाका पुराना दलले देखाएको सपना र बाँडेको अश्वासनलाई अब ८४ भन्दा अगाडि मूर्तरूप दिन सकेन भने आदरणीय मानिएका पुराना नेता मात्र होइन, स्थापित पुरानो दल पुरै बिलाउन सक्छ । नेताको आँखाबाट सधैंका लागि हराउन्न भन्न सकिन्न

जनतालाई सपना देखाएर व्यवस्था परिवर्तनमा साथ पाएर पनि अझै पनि जनताको अवस्था परिवर्तन गर्न नसक्ने हो भने जनताले विकल्प खोज्छन् । सधैं अन्धाको देशमा कानो राजा भइराख्ने दिन कायम रहँदैन । नेपाली जनता धृतराष्ट्र जस्तो जन्मान्ध होइनन् र गान्धारी जस्तो धर्मान्ध पनि होइनन् । थोरै परजीवी र अल्छी प्रकृतिको हुन सक्दछ । राजनीतिक दल अब सुध्रेलान् र भोलि सुध्रेलान् भन्दै समय दिएको हुन सक्छ र आँखा चिम्लिदिएको पनि हुन सक्छ । २००७ सालदेखि १७ साल, ४६ साल, ६२ साल हुँदै आजसम्म आउँदा राम्रै पुस्तान्तरण भइसकेको छ । नितान्त नयाँ पिंढीले ठाउँ ओगटिसकेको छ । नयाँ पुस्ताको सोच र शैली नितान्त फरक छ । सायद पुरानो पुस्ताको जस्तो आँखा चिम्लिदिने र बारम्बार माफी दिने मनस्थिति छैन यो पिंढीको । मूलधारकाका पुराना दलले देखाएको सपना र बाँडेको अश्वासनलाई अब ८४ भन्दा अगाडि मूर्तरूप दिन सकेन भने आदरणीय मानिएका पुराना नेता मात्र होइन, स्थापित पुरानो दल पुरै बिलाउन सक्छ । जनताको आँखाबाट सधैंका लागि हराउन्न भन्न सकिन्न ।

अब नेपाली जनताले पनि अरूको मुख ताक्नुको सट्टा आफ्नै स्वविवेक प्रयोग गर्ने बेला आइसकेको छ । एउटा सानो कथाको स्मरण गरौं । एउटा कक्षामा गुरुले सबैलाई एउटा आफूले पढाएको बुझियो वा बुझिएन भनेर प्रश्न गरेछन् र नबुझ्नेले हात उठाउन भनेछ्न् । विद्यार्थीले एक अर्काको मुख ताक्न थालेछन् । धेरैले पाठ बुझेका थिएनन् । तर, अर्कोले उठायो भने म पनि उठाउँछु भनेर मुखामुख गरिरहे र परिणामतः कसैले हात उठाएनछन् ! त्यसपछि गुरुले सबैलाई आँखा बन्द गर्न अह्राए र अरूले के गर्छ नसोचिकन आफ्नो मनबाट सोचेर हात उठाऊ भनेछन् । गुरुले आँखा खोल्न अनुमति दिए पश्चात् देखियो– पाठ नबुझेर हात उठाउनेको संख्या धेरै छ ! गुरुले नबुझेकोलाई फेरि बुझ्नेगरी पाठ दोह-याइदिए । अहिले नेपाली जनताले पनि अरूको मुख ताक्नुभन्दा आफूलाई लागेको कुरा प्रस्ट बोल्न, राख्न र चुनावमा आफ्नो मत प्रयोग गर्न सक्नुपर्छ । ८४ धेरै टाढा छ । जिम्मेवारी पाएकालाई तत्–तत् जिम्मेवारी बहन गर्न झक्झक्याउनुपर्छ । केही समयमा हुन गइरहेको उपनिर्वाचनमा एउटा प्रयोग र उदाहरण प्रस्तुत हुन सक्छ । तत्कालीन पपुलिज्म र मादक व्यक्तित्वबाट भने होसियार हुन आवश्यक पर्ला । सबै दलले आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सजग रही इमानदार भएर काम गरून् ।

तपाइको प्रतिक्रिया
(Visited 433 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान