यूएईबाट आएको जहाजको शौचालयका नवजात शिशुको शव फेला

सांकेतिक तस्बिर ।

काठमाडौ । संयुक्त अरब इमिरेट्स यूएईको शारजाहबाट आज बुधबार काठमाण्डु आएको एक विमानको शौचालयमा नवजात शिशुको शव भेटीएको छ । आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जहाजको शौचालयमा नवजात शिशुको शव फेला परेको त्रिभुवन विमानस्थल, नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता सुवास झाले जानकारी दिएका छन ।

नवजात शिशु बालिका भएको र के कारणले यस्तो भएको हो भन्ने’bout अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन । घटनाको प्रकृति हेर्दा ‘मिस्ड क्यारेज’ भएको जस्तो देखिएको र सोही विमानमा आएकी एक महिला अस्वस्थ छिन् । उनलाई अस्पताल पठाइएको पनि उनले जानकारी दिएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमालेले टुंगो लगायो ११ पालिकाका उम्मेदवार