दक्षिण एसियाली स्केटबोर्ड भोलीदेखि

काठमाडौं÷रास– नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ तथा स्केट एड नेपालको संयुक्त आयोजना पाँचौं दक्षिण एसियाली स्केटबोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि बुटवलमा हुने भएको छ । प्रतियोगिताको यो दोश्रो संस्करण हो भने स्केट जात्राको पाँचौं संस्करण हो ।
प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्स तथा आमन्त्रित राष्ट्रमा म्यान्मार र थाइल्यान्ड गरी ९ राष्ट्रको सहभागिता रहने आयोजक संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् । नेपालबाट १ सय खेलाडीको सहभागिता रहने बताइएको छ । बाँकी प्रत्येक राष्ट्रबाट ४० खेलाडीलाई आमन्त्रण गरिएको संघले जनाएको छ ।
पहिलो दिन छनोट चरणका खेलहरु हुने छन् । छनोट चरणबाट प्रत्येक राष्ट्रबाट १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनलबाट प्रत्येक राष्ट्रबाट ८ खेलाडी उपाधि होडमा प्रवेश गर्ने छन् ।
पुरुष÷महिलामा गेम्स अफ स्केटबोर्ड र वेस्ट रन स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दुवैको स्पर्धा प्रदर्शनका आधारमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीको टुंगो लगाइने छ । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ हजार अमेरिकी डलर, ५ सय अमेरिकी डलर र २ सय ५० अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्ने छन् । तीनदिने प्रतियोगिताका खेलहरुले बुटवलको तिलोत्तमास्थित डुंगा स्केट पार्कमा खेलाइने आयोजक संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक जाग्रित पहाडीले जनाएका छन् ।
प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने पुरुष÷महिला खेलाडीलाई जर्मनीको स्केट एड इन्टरनेसनलमा तालिमको अवसर पनि प्रदान गर्ने अध्यक्ष खनालले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?