नेपाल घुम्न आएका पर्यटक बेखर्ची भएपछि ठाकुरबाबाले दियो खाद्यान्न


बर्दिया । बेखर्ची भएका ५ जना विदेशी पर्यटकलाई ठाकुरबाबा नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ । लकडाउन हुनु भन्दा अघि नै बर्दिया घुम्न आएका ती विदेशी पर्यटकको खर्च सकिन थालेपछी ठाकुरबाबा नगरपालिकाले उनिहरुलाई खाद्यान्न सहयोग गरेको हो ।

ठाकुरद्धारास्थित वाइल्ड ट्रेड रिर्सोटमा दुइ हप्ता अघिदेखि बसिरहेका ३ जना इङलेण्ड र २ जना इटालीका पर्यटकहरु बेखर्ची भएको सुचना पाएपछि नगरपालिकाले उनिहरुलाई एक हप्तासम्म पुग्ने चामल, दाल, नुन, तेल, तरकारी सहयोग गरेको हो ।

‘विदेशी पर्यटकलाई पहिलो चरणमा एक हप्ताका लागि खाद्यान्न सहयोग गरेका छौँ ।’ आवश्यक परेमा फेरी पनि खाद्यान्न सहयोग गर्ने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले बताए ।

नगरपालिकामा बनाएको नगरमा स्थापना गरिएको क्वारेन्टाइन स्थलमा लगेर बसाल्छौँ, खुवाउँछौँ भनेर आग्रह गरेपनि उनिहरुले होटलमै टेन्ट लगाएर क्वारेन्टाईनमा झैँ बस्छौँ भनेको नगरप्रमुख श्रेष्ठले बताए ।

‘खर्च सकिएपनि होटलले खान र बस्न उधारोमा दिएकै छ । हामीहरु बेखर्ची भएका बेला खाद्यान्न नगरपालिकाले सहयोग गर्नुभयो । खुसी लाग्यो,’ बिदेशी पर्यटकका लिडर टोनीले खुशी हुँदै भने ।

सहयोग पाएपछि टोनीले भने, ‘होटलको सहयोगमा खायौँ बस्यौँ । अहिले स्थानिय सरकारले खाद्यान्न सहयोग गरेको छ । अब होटललाई पनि दुःख दिन्नौँ, आफै पकाएर खान्छौ ।’ नेपालीहरुको अपनत्व देखेर आफुहरु निकै खुशी भएको उनले बताए ।

बेखर्ची भएका पाहुनालाई अहिलेसम्म आफुहरुले एक छाक खाना र बास निःशुल्क गरेको होटल संचालक ब्रिटिस नागरिक जोन र सीताराम थारुले बताए । बेखर्ची भएका विदेशीलाई स्थानिय सरकारले खाद्यान्न सहयोग गरेकोमा उनीहरुले खुसी व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कन दलले कहाँ गुमाए ?