सर्लाहीमा मिटरब्याज सङ्घर्ष समिति धर्नामा, प्रहरीमाथि चप्पल प्रहार

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिकामा मिटरब्याज सङ्घर्ष समिति विभिन्न माग राख्दै बिहिवार देखि धर्नामा बसेको छ । मिटरब्याज पीडितले आफुहरु विभिन्न मागसहितको ज्ञापन पत्र बुुझाउन जिल्ला प्रशान कार्यालय गएको तर प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले समय नदिएपछि शान्तिपुर्वक धर्नामा बसेपछि प्रहरीले लाठी चार्ज, टियर ग्यास, र हवाइ फायर गरेपछी स्थिति तनाव ग्रस्त भएको नेकपा माओवादी मलंगवा नगर कमिटिका अध्यक्ष लक्ष्मी नारायण चोैधरीले जानकारी दिए । हामी निरन्तर धर्नामा छौ आज राजमार्ग अवरुद्ध गरेर विरोद्ध कार्यक्रम गरिने चौधरीले बताए । प्रहरीले आफूहरूको गुनासो नसुनी जिल्ला प्रशासन कार्यालय परिसरबाटै सङ्घर्ष समितिका सदस्य फतमा खातुनलाई पक्राउ गरेको चोैधरीले जनाएको छ ।

प्रशासन हाताभित्र पिडित माथि कुटपिट भएको महाजन माथी मुदा दायर गर्नुपर्ने, पिडित व्यक्तिको उपचारमा लाग्नु पर्ने सम्पूर्ण खर्च महाजन पक्षले व्यहोर्नु पर्ने रिणीले निवेदन दिएको आधारमा छलफलमा महाजन उपस्थिती नहुदाँ प्रहरी मार्फत अनिवार्य रुपले उपस्थित गराउनुपर्ने, छलफलमा महाजनले अटेर गरेको खण्डमा कार्यदलको समितिको सिफारिसमा महाजनलाई प्रहरी हिरासतमा राखी पुन अर्को दिन उपस्थित गराउने, पीडक संजय साह रौनियार र रामवावुराय यादवलाई अविलम्व उपस्थित गराउनु पर्ने, ऋणि र महाजनबीच भएको सहमति अविलम्व कार्यन्वयन गराउनुपर्ने माग राख्दै विरोद्ध कार्यक्रम गरिएको मिटर व्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिले जनाएको छ ।

फतमालाई प्रहरीले पक्राउ गरेपछि मिटरब्याज पिडित व्यक्तिहरुले जिल्ला प्रशासन कार्यालयमा रहेको प्रहरीलाई चप्पले हान्नुका साथै ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही शेल आश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मिटरब्याज पीडितले बिहीवार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रदर्शन गर्न थालेपछि झडप भएको थियोे । गएको मंसिर २० गतेका दिन जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज मिडित र साहुबीच छलफलको क्रममा साहुकारमाथि फतमाले कुटपिट गर्न थालेपछि त्यहाँ रहेको प्रहरी सहायक हबल्दार सिता कार्कीले छुटाउन जाँदा फतमाले उनीमाथि हातपात गर्नुको साथै हातमा दाँतले टोकी घाइते बनाएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीमाथि फतमाले अभद्र व्यवहार गरेको भन्दै उनमाथि मुद्धा चलाएको छ ।

त्यसै मुद्धामा प्रहरीले उनलाई पक्राउ गरेको छ । यता मिटरब्याज सङ्घर्ष समितिले फतमा यस अघि जिल्ला प्रहरी कार्यलय सर्लाहीमा पटक पटक गएको तर पनि प्रहरीले पक्राउ गरेन एक्कासी फतमालाइ पक्राउ गरिएको मिटरब्याज सङ्घर्ष समिति मलंगवा नगर कमिटिका अध्यक्ष फकिरा रायले जानकारी दिनुुभयो । बिहिवार मात्र फतमा सहित दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ भने पुरुष प्रहरीले महिला माथि कुटपिट गरेको रायको आरोप छ । ज्ञापन पत्र अनुसार माग पुरा नभए आफुहरु निरन्तर धर्ना गरि रहने रायले बताए ।

मिटरब्याजमा ऋण लगाउने व्यक्ति र महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालत सर्लाहीबाट केही महिनाअघि पक्राउ पुर्जी जारी भएपछि खातुन फरार रहेका थिए । उनलाई बिहीवार पक्राउ गरिएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम