मन्त्रालय, परिषद र एनओसीले १९ औं एसियाली खेलकुदको छिट्टै समिक्षा गर्ने

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी (एनओसी)ले चीनको हाङ्जाउमा २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म भएको १९ औं एसियाली खेलकुदमा नेपालको सहभागिताको विषयलाई लिएर समिक्षा गर्न आवश्यक रहेको समान धारणा व्यक्त गरेका छन् । नेपाल ओलम्पिक कमिटीको ललितपुरमा भएको १५ औं बार्षिक साधारण सभामा नेपाली खेलकुदका तीनवटै ‘पावरहाउस’ ले १९ औं एसियाडको समिक्षा गर्न आवश्यक रहेको औल्याउँदै ‘कहा कमजोरी भयो ? आगामी दिनमा कहाँ सुधार गर्नुपर्छ भनेर ? समिक्षा गरेर अर्काे एसियाडको तयारीमा जुट्ने सहमित जनाए ।


एनओसीको साधारण सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले १९ औं खेलकुदमा सहभागि कतिपय खेलाडीले युट्वुमा हेरेर प्रशिक्षण लिएको आफूलाई जानकारी गराएको बताउँदै भने,‘सहि ठाउँमा सहित व्यक्तिलाई ल्याउनुपर्छ । त्यसका लागि कुनै पनि ठूलो प्रतियोगिता सम्पन्न भएपछि समिक्षा गर्न आवश्यक छ । त्यसका लागि मन्त्रालय तयार छ ।’ उनले मन्त्रालयको प्राथमिकतामा खेलकुद रहेको बताए । ‘विराटनगर, भरतपुर, मुलपानी मैदानलाई राष्ट्रिय गौरवको आयोजनामा लैजाने सरकारको तयारी छ ।’ उनले भने,‘आगामी बर्षको बजेमा एक बर्षभित्र सकिने योजनालाई प्राथमिकता दिने योजना छ । जसले गर्दा योजना अधुरो नरहोस् भन्ने छ । अहिले खेलकुदका सबै योजना अधुरो र अपुरो छन् ।’
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले १९ औं एसियाली खेलकुदको समिक्षा गरेर २० औं तयारीमा सबै जुट्नुपर्ने बेला भएको बताए । ‘पहिलो त हामी कहाँ चुक्यौं । किन परिणाम ल्याउन सकेनौं भनेर समिक्षा गर्न आवश्यक छ । अब एसियन गेम्समा मापदण्डसहित सहभागिता गराउनुपर्ने भन्ने हो ।’ उनले भने,‘ओलम्पिकले झै सबै संघले प्रत्येक बर्ष साधारण सभा गरेर अगाडि बढ्न समेत आग्रह गर्छु ।’
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व मन्त्री जीवनराम श्रेष्ठले पनि तीन पक्ष बसेर १९ औं एसियन खेलकुदको समिक्षा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘सन २००७ मा म राखेपको सदस्यसचिव हुँदा भिजन २०२० को योजना ल्यायौं । २०२०मा ओलम्पिकमा मेडेल ल्याउने गरि अगाडि बढ्ने योजना थियो तर राजनीतिक अस्थिरताका कारणले त्यसले निरन्तरता पाएन ।’ उनले पनि राष्ट्रिय खेल संघहरुले प्रत्येक बर्ष साधारण सभा गरेर पारदर्शिता देखाउन आवश्यक रहेको औल्याए ।
कार्यक्रममा खेलकुद पत्रकार मञ्का अध्यक्ष दुर्गा सुवेदीले शुभकामना मन्तव्य दिनेक्रममा १९ औं एसियाडको समिक्षा अहिलेसम्म किन भएर भनेर विषय उठान गरेका थिए । ‘मन्त्रालय, राखेप र ओलम्पिक यस्ता औपचारिक कार्यक्रममा मात्र भेटिनु खेलकुदका लागि दुखद् हो ।’ उनले भनेका थिए । नेपाल ओलम्पियन एसोसिएसनका अध्यक्ष दिपक विष्टले पनि समिक्षाको आवश्यकता औल्याएका थिए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने राष्ट्रिय खेल संघहरुको तर्फबाट नेपाल हक्कि संघका अनिल शर्माले मन्तवइ राखे । साधारण सभामा गत बर्षको आयव्यय पास गरिएको थियो भने आगामी कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।
सो अवसरमा १९ औं एसियाली खेलकुदका सहभागिहरुलाई समेत सट्टिफिकेट प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार छान्न कांग्रेसको २ बजे, एमालेको ३ बजे बैठक बस्ने