३५ विधामा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड प्रदान

काठमाडौं । क्वालिटी फिल्मस् प्रा.लि.द्वारा आयोजित तेश्रो संस्करणको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२३ मलेशिया पछि बाँकी अवार्ड शुक्रबार बेलुका नाचघरमा सम्पन्न गरिएको छ । कार्यक्रममा यसपटक १५ हजार रुपैयाँ सहित रजत चलचित्र पत्रकारिता सम्मान पत्रकार बिदूर गिरीलाई र रजत कलाकारिता सम्मान निर्देशक सुचित्रा श्रेष्ठलाई प्रदान गरियो । यस्तै कार्यक्रममा सञ्चारकर्मीहरु गोपिकृष्ण चापागाईं, गीता अधिकारी, रेणुका ढकाल, गायक लोकेन तामाङ, समाजसेवी मुना लिम्बु, फेशन डिजाईनर दिलमायाँ मगर पनि सम्मानित भए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा, प्रथम अभिनेत्री भुवन चन्द, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, अग्रज गायिका तथा अभिनेत्री कविता आले लगायतले सो सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा आधुनिक गायन तर्फ उत्कृष्ट गायकको अवार्ड बलेको आगो २बाट राजकुमार सिंहले जितेका छन भने सँधै यस्तै मिठा कुरा गीतबार डेविड शँकरले जुरी अवार्ड हाँसिल गरेका छन् । यस्तै यो मायाँबाट श्रद्धा दियालीले उत्कृष्ट गायिका, यो खुसीको पलबाट बुद्धिमान थापाले उत्कृष्ट गीतकार र सँधै यस्तै मिठा कुराबाट दिपक शर्माले उत्कृष्ट संगीतकारको अवार्ड चुमेका छन् ।

गत ११ मँसिरमा मलेशियामा सम्पन्न अवार्ड समारोहमा बिजेता तय गरिए पनि शुक्रबार बेलुका काठमाडौंमा नाचघरमा एक समारोहबीच उनीहरुलाई यो अवार्ड प्रदान गरिएको हो । कार्यक्रमा आधुनिक तर्फ नै बलेको आगो २ बाट प्रभु गुरुङले उत्कृष्ट भिडियो निर्देशक अवार्ड, यही गीतबाट रोशन बस्नेतले पुरुष मोडल अवार्ड, समलिँगी गीतबाट दीपशिखा खड्काले महिला मोडल अवार्ड र बाडुल्की गीतबाट विकाश सुवेदी उत्कृष्ट पपगीत पुरुष मोडल अवार्ड हाँसिल गरे ।

यस्तै पप गीत तर्फ उत्कृष्ट गायकको अवार्ड बाडुल्कीबाट सागर जोशीले, लोकपप तर्फ उत्कृष्ट गायकको अवार्ड हिरा टललबाट राजमान तामाङले हाँसिल गरे ।

यस्तै लोक दोहोरी गीत गायकको अवार्ड फुल मायाँमा नभुलबाट राजु आरडीले, जुरी अवार्ड तुलमान गुरुङले र पब्लिक च्वाईस अवार्ड गणेश सेन्चुरीले हाँसिल गरेर भने लोक दोहोरी नव गायकको अवार्ड धोको थिएनबाट रोशन तीखत्रीले र जुरी अवार्ड विवेक धितालले, गायिकाको अवार्ड बसन्ती सुनारी मगरले र जुरी अवार्ड निमा तामाङले हाँसिल गरे ।

लोक दोहोरी भिडियो तर्फ पुरुष मोडलको अवार्ड कठै म बिचरोबाट इश्वर खातीले, महिला मोडलको अवार्ड हल्का तुच्चबाट पवित्रा गुरुङले, जुरी अवार्ड सरस्वती योञ्जन तामाङले, लोक दोहोरी संगीतकारको अवार्ड खगेन्द्र थामीले, लाईभ दोहोरी गायकको अवार्ड धिरज कोईरालाले्, जुरी अवार्ड सृजन आलेले हाँसिल गरे । उत्कृष्ट लोकगीत गायकको अवार्ड पिरती छुटाएँबाट रमेश परियारले, गायिकाको अवार्ड लमजुङको ठाडो भाकाबाट सन्ध्या परियारले, भाषाभाषी तथा भेग विशेष गीत तर्फ लिम्बु गीतकारको अवार्ड इच्छिङमाबाट सैलेन्द्र नाल्बोले, जुरी अवार्ड लिला सिलिङ मावोले, लिम्बु गीत गायकको अवार्ड सुमन लिम्बुले, जुरी अवार्ड मगर भाषाबाट गोपाल पुन मगर (सिङरोन)ले, भाषाभाषी गायिकाको अवार्ड सुमित्रा बुढामगरले, कौडागीत गायिकाको अवार्ड रमिला गुरुङले, पुरुष मोडलको अवार्ड लिम्बुगीतबाट पूर्ण सेलिङले, पूर्वेली गीतबाट पुरुष मोडलको अवार्ड दीपक काम्फे सुब्बाले, महिला मोडलको अवार्ड लिम्बु गीतबाट पुष्पाञ्जली तिलिङ (चपेतीको आमा)ले प्राप्त गरे ।

यस्तै उत्कृष्ट नृत्य निर्देशकको अवार्ड नेत्र बहादुर गुरुङले, मेकअप आर्टिष्टको अवार्ड पुष्पा गुरुङले, छायाँकारको अवार्ड सुनिल परियारले, डायस्पोरा छायाँकारको अवार्ड सुमन श्रेष्ठले, नव छायाँकारको अवार्ड सुनिल भण्डारीले, उत्कृष्ट आधुनिक भिडियो सम्पादकको अवार्ड बिष्णु खड्काले, लोक दोहोरी भिडियो सम्पादक अवार्ड रोशन धितालले, उत्कृष्ट टेली सृँखला अभिनेत्रीको अवार्ड नारी सृँखलाबाट शर्मिला शर्माले, उत्कृष्ट बाल कलाकारको अवार्ड दुई नम्बरी गीतबाट श्रेयस पौडेल क्षेत्रीले र बाल कलाकारको जुरी अवार्ड छोराछोरी बिदेशी भूमिमाबाट सम्राट दाहालले हाँसिल गरे । अवार्डको निर्णायकमा गायक नविन कुमार पौडेल, गीतकार शिब पौडेललगायत थिए ।

यस अघि मलेशियामा घोषणासँगै त्यहा केही कलाकारलाई अवार्ड प्रदान गरिएको र मलेशिया जान नसकेका कलाकारलाई यहाँ अवार्ड समापन समारोह आयोजना गरेर अवार्ड तथा सम्मान प्रदान गरिएको आयोजक क्वालिटी फिल्मस् प्रा.लि.का अध्यक्ष एवम् चलचित्र निर्देशक उमेश गुरुङले कार्यक्रममा बताए ।

तपाइको प्रतिक्रिया
(Visited 163 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुग्यो