राइनासकोटमा भर्टिकल दौड

लमजुङ । लमजुङमा भर्टिकल दौड प्रतियोगिता सञ्चालन गरिएको छ । लमजुङको राइनास नगरपालिका– ९ को राइनासकोटमा भर्टिकल दौड प्रतियोगिता इपिक हिमालय एडभेन्चर ट्रेक र विश्व प्रख्यात अल्ट्रा धावक मिरा राईको संयुक्त आयोजनामा आइतबार सञ्चालन गरिएको हो ।

तमु ल्होसारका अवसरमा सञ्चालित ‘दौड प्रतियोगिता’को राइनास नगरपालिकाका नगरपालिकाका मेयर खड्क गुरुङले उदघाटन गर्नुका साथै विजेताहरू पुरस्कार वितरण गरे । उनले राइनासकोटमा सुरु भएको ग्रामीण पर्यटनको विकाश, प्रचारप्रसार तथा महिला सशक्तिकरणका लागि थप टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताए ।
सो ‘राइनासकोट भर्टिकल दौड’मा ८ बर्ष देखि ६५ बर्ष उमेर समुहका ६२ जना धावकहरुले भाग लिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा धावकहरूका लागि विश्व प्रख्यात अल्ट्रा धावक मिरा राईसँगै राइनास नगरपालिका– ८ मा रहेको सर्वोदय सेवाश्रम धर्मनाथधामबाट राइनासकोटसम्मको १७ सय ५० मिटरको १० किलोमिटर दुरीको उकालो र पुरानोबाटो बाटो दौडन लगाइएको थियो ।

दौडमा खुल्ला पुरुष तर्फ १ घण्टा १ मिनेट १९ सेकेन्डमा दुरी पार गरि त्रिभुवन आर्मीका राजन मेयोङ्वा ाई पहिलो भए । उनलाई नगद २५ हजार, मेडल र प्रमाणपत्र, १ घण्टा १ मिनेट २५ सेकेण्डमा दुरि पार गरि दोस्रो हुने सोलुखुम्बुका अर्जुन राईलाई नगद १५ हजार, मेडल र प्रमाणपत्र तथा १ घण्टा २ मिनेटमा दुरि पार गरि तेस्रो हुने बझाङका करन रावललाई नगद १० हजार, मेडल र प्रमाण पत्र । सो अवसरमा सहभागी सबैलाई टिसर्ट प्रदान गरिएको अल्ट्रा धावक मिरा राईले जानकरी दिइन् ।

त्यस्तै खुल्ला महिलातर्फको दौडमा १ घण्टा १७ मिनेटमा दुरि पार गरि खोटाङकी प्रिया राई पहिलो भइन् । उनलाई नगद २५ हजार, मेडल र प्रमाण पत्र, १ घण्टा २७ मिनेटमा दुरि पार गरि दोस्रो हुने सोलुखुम्बु की नितु तामाङलाई नगद १५ हजार मेडल र प्रमाण पत्र र १ घण्टा ३१ मिनेटमा दुरि पार गरि तेस्रो हुने ओखलढुङ्गाकै पदमकुमारी सुनुवारलाई १० हजार, मेडल, प्रमाण पत्रका साथमा सबैलाई टिसर्ट प्रदान गरिएको राईले उल्लेख गरिन् ।

उनका अनुसार राइनास नगरपालिका– ९ कुडुले निबासी ६५ बर्षीय नन्दबहादुर गुरुङ जेष्ठ धाबक भएको थिए । प्रतियोगिताका सहभागी धावकहरू सबैलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको आयोजकको भनाइ छ ।

बिहान ८ः४५ बजे सीतप्रवाह अर्थात मर्र्याङदी नदी किनारमा रहेको सर्वोदय सेवाआश्रम धर्मनाथधामबाट दौड शुरु भएको थियो । दौड शुरु पूर्व अल्ट्रा धाबक मिरा राई र राइनास नगरपालिकाका प्रमुख खड्क गुरुङ, उप प्रमुख पुस्पराज खनाल सहितको धावक टोलीले धाममा रहेको महादेवको मुर्ती परिक्रमा गरेका थिए ।

त्यस पश्चात दौडको शुरुवाति बिन्दु आश्रमको गेटमा गई अल्ट्रा धाबक मिरा राईले धावकहरूलाई संक्षिप्त जानकरी गराएकी थिइन् । राइनास नगरपालिकाका मेयर गुरुङले रिबन काटेर सिठ्ठि फुकि दौड शुरु भएको जानकरी गराएका थिए ।

धावकहरुलाई प्राथमिक उपचारको लागि राइनास नगरपालिका स्वास्थ्य शाखाबाट बगुवा, भक्ति थापा पार्क र राईनासकोटमा औषधि सहितको टोली तैनाथ गरिएको थियो ।

बिच बिच बाटोमा आमा समुहहरुले धाबकहरुलाई अबिर फूलको गुच्छा दिई हौसला बढाइरहेका थिए । राईनास नगरपालिका– ९ बगुवामा न्यू सप्तकन्या आमा समुहको अध्यक्ष सुकुमाया गुरुङको नेतृत्वमा, राइनास नगरपालिका– ९ मोहोरियाकोटमा प्रगतिशील आमासमुहको अध्यक्ष आशा घले र भिमसेन नाथ कृषि आमा समुहको कोषाध्यक्ष गीता दाहाल अधिकारीको नेतृत्वमा सादा पानी, केरा, सुन्तल लगायतका फलफूल धावकहरूलाई बितरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 162 times, 1 visits today)

epaper

ताजा समाचार

काभ्रेको रोशी खोलामा फसेका ८९ जनाको मध्यरात सकुशल उद्धार