कैलालीमा २ र कञ्चनपुरमा १ जना संक्रमित भेटिएपछि सीमा जोडिएका बर्दियाका नाका बन्द

बर्दिया । बर्दिया जिल्लाको छिमेकी जिल्ला कैलालीमा दुई जना र कन्चनपुरमा एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएसंगै बर्दियामा थप उच्च सतर्कता अपनाइएको छ । बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकासँग सीमा जोडिएका कैलालीका सबै नाका बन्द गरिएको जनाईएको छ ।

पैदल होस् वा सवारी साधनमा कसैलाई पनि प्रवेश निषेध गरिएको राजापुर र ठाकुरबाबा नगरपालिकाका नगरप्रमुखले बताएका छन् । कैलालीको टिकापुर सीमासंग जोडिएको हुलाकी सडकमा पर्ने बर्दियाको राजापुरले टिकापुरको सतिघाट पुल नाका बन्द गरिएको राजापुरका नगर प्रमुख शिवप्रसाद थारुले बताए ।

यसैगरी पुर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको कर्णाली चिसापानी पुल र कैलालीको लम्कीचुहा नगरपालिकासंग सीमा जोडिएको नाका पूर्ण रुपमा बन्द गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घनानारायण श्रेष्ठले जानकारी दिए ।

पश्चिमको कैलालीबाट अत्यावश्यक काममा पैदल अथवा सवारी साधनमा आएको भएपनि क्वारेन्टाइनमा बस्नुपर्ने नगरप्रमुखले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

देउवा समूहको बैठकः असोज १५ मा वडा अधिवेशन प्रस्ताव