एसपी बढुवामा प्रहरी महानिरीक्षक कुँवर मौन

काठमाडौं  । नेपाल प्रहरीका सात जना प्रहरी उपरीक्षक (एसपी) पदमा १२ प्रतिस्पर्धी भएपछि बढुवा प्रक्रिया लम्बिएको छ। न्यून सिट संख्यामा प्रतिस्पर्धी बढी भएका कारण प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको जनाइएको छ ।

प्रचण्ड–ओलिको पुर्व पिएसोका कारण सकस

अहिले नेपाल प्रहरीमा प्रहरी उपरीक्षक रिक्त संख्या सात जना हो तर यो बढुवामा १२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरू प्रतिस्पर्धामा छन्। उनीहरू सबै बढुवाका हकदार भएकाले कसलाई समेट्ने र नसमेटनेमा प्रहरी महानिरीक्षक वसन्त कुँवर अन्योल र दबाबमा रहेको बुझिएको छ। 

स्रोतका अनुसार प्रहरी महानिरीक्षक कुँवर राजनीतिक दबाबमा रहेको बुझिएको छ। ’cause, साधारणतयाः प्रहरी उपरीक्षक पदको बढुवा महानिरीक्षक कुवँरको तजबिजी अधिकारभित्र पर्छ तर कुँवर राजनीतिक शक्तिकेन्द्रको ‘सिग्नल’ खोजिरहेको उनी निकटहरूले बताएका छन । जसका कारण राजनीतिक दबाबबीच उनले प्रहरी उपरीक्षकको बढुवा गर्न सकेका छैनन्।

प्रहरी उपरीक्षक बढुवामा प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रन्जितकार र निरन्जनदत्त भट्टसहित डिएसपी राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे पनि बढुवाका प्रतिस्पर्धी हुन्। 

जसमध्ये तीन जना पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पूर्वपिएसओ हुन्। अहिले १२ नम्बरमा रहेका डिएसपी घिमिरे प्रधानमन्त्री प्रचण्डका पूर्वपिएसओ हुन्। जो यसअघि भएको बढुवामा छुटेका अधिकृतसमेत हुन्।

उता, राजन लिम्बू र सन्तोष तामाङ एमाले अध्यक्ष ओलीका पूर्वपिएसओ हुन्। उनीहरू राजनीतिक वृत्तमा दबाब बढाउन सक्ने क्षमता राख्ने अधिकृत भनेर चिनिन्छन्।  लिम्बू ८ र तामाङ ९ नम्बरमा भए पनि बढुवाको प्राथमिक सूचीमा भने परेको जनाइएको छ । यसअघिको बढुवामा घिमिरे, तामाङ र लिम्बू ‘प्रधानमन्त्रीको पिएसओ बसेको ट्याग’ लागेका कारण छुटेको प्रहरी बृतमा चर्चा परिचर्चा रहेको छ ।

मंसिर पहिलो साता नै बढुवा गर्ने तयारी भए पनि प्रहरी महानिरीक्षक कुँवरले पुस कटन लागिसक्दा पनि निर्णय लिन सकिरहेका छैनन । उनी निर्णय नै नगरी गत मंसिर १० गते इन्टरपोलको महासभामा सहभागी हुन अष्ट्रियातर्फ गएका थिए। जसका कारण उनी नफर्किकन बढुवा प्रक्रिया अघि नबढ्ने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको थियो।

तर, कुँवर फर्किएको एक महिना बितेको छ। यसबीच बढुवा निस्किन सकेको छैन। 
 

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

epaper

ताजा समाचार

मंगल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार