सुशीलाको एकल गजलमा दर्शक रमे

काठमाडौं । कवि सुशीला शर्मा धमालाले आफ्ना एकल गजल रुनाएर दर्शकको मन जितेकी छिन् । काठमाडौंको नाचघरमा आयोजित एकल गजल प्रस्तुति कार्यक्रममा कवि सुशीलले डेढ घन्टाको बसाईमा एक दर्जन भन्दा बढी गलजहरु सुनाएकी छिन् । सो एकल गजल बाचन साँझमा दुई वटा गजल बाचनमा सुशीलालाई सरस्वती अर्याल र कल्पना भट्टराईले साथ दिएका थिए ।

कार्यक्रममा उनको गलज बाचनलाई भरत नेपालीको सारङ्गी, दुर्गाप्रसाद खतिवडाको बाँसुरी, लोकराज राईको सन्तुर बाद्यवादन धुनले निकै आकर्षक तुल्याएको थियो । संगीत र गजलको मिश्रणयुक्त सो कार्यक्रममा दर्शकहरु अन्तिमसम्म पनि गजलमा रमे ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपालद्धारा आयोजित सो कार्यक्रममा आयोजक कलानिधि दाहालले श्रष्टाहरुको सृजनालाई काव्यप्रेमी माझ ल्याउन एकल गजल सहित सुशीलालाई मञ्चमा उतारिएको बताए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपहुपति शम्भु राईले गजलको विधान गायनसँगै बाचन पनि भएकाले सुशीलाको प्रस्तुति निकै आकर्षक बनेको बताए ।

कार्यक्रममा ज्ञानु विद्रोहीले सटिक समीक्षा गर्दै सुशीलाका गजलहरू अत्यन्त प्रभावपूर्ण रहेको जिकिर गरे । कवि सुशीला शर्मा धमलाले लामो समयदेखि आफुले गजल लेख्दै र प्रकाशन गर्दै आए पनि एकल साँझमा गजल सहित प्रस्तुत हुँदा यसले बाचन कलामा पनि निखार आएको बताईन् ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

epaper

ताजा समाचार

कार्मारोङमा भोजपत्रको घना झाडी