Friday, June 5, 2020
Home राजनीति संकटपुर्ण घडीमा मेयर रिना साहको साहसी पहल

संकटपुर्ण घडीमा मेयर रिना साहको साहसी पहल

रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) को सन्त्रास एवं लकडाउनले सर्वसधारण पीडित भईरहेका छन् ।

कोरोना भाइरसको सन्त्रास तथा देशमा लकडाउनको संवेदनशील एवं संकटपुर्ण समयमा रौतहटको मौलापुर नगरपालिकाका मेयर रिना साहले सर्वसधारणलाई सहयोग गर्न सक्रिय भएकी छन् ।

मौलापुर नगरपालिकाका स्थानीय बिनय यादवले मेयर साहले आफ्नो निजी प्रयासमा पुरै नगरभरी सेनेटाइज गर्ने, क्वारेन्टाइन निर्माण, लाखौको औषधी तथा स्वास्थ्य सामग्रीका साथै गरिव परिवारलाई राहत वितरण गरेको बताए ।

बिगत एक महिना देखी नगरपालिकामा लेखाको कर्मचारी नभए पनि कोरोना भाइरसको संत्रास तथा लकडाउनको बेला मेयर साहले सर्वसधारणलाई सहयोग गर्न उनीहरुको घरदैलोमै पुगिरहेको उनले बताए ।

‘नगरपालिकामा लेखाको कर्मचारी बिगत एक महिना देखी छैन, पुरै आर्थिक कारोवार बन्द छ’ यादवले भने, ‘लेखाको कर्मचारी नभए पनि मेयर रिना साहले यस्तो बेलामा सर्वसधारणको घरमै पुगेर राहत वितरण सहितका काममा जुटनुभएको छ ।’

अर्का स्थानीय राजेन्द्र सहनीले रौतहटकै कतिपय ठाउँमा सर्वसधारण गरिव तथा ज्यालादारीमा मजदुरी गर्ने पीडितहरु राहत नपाएको समयमा मौलापुरका सर्वसधारण परिवारले राहत पाउँनुका साथै स्वास्थ्य सामग्री पाएकाले कुनै समस्या नरहेको बताए ।

‘नगद बिना कÞुनै काम गर्न न सक्ने यो समाजमा रीना जीको जनता र नगर प्रतिको समर्पण निश्चित रुपमा सराहनीय छ । धन्य छ मौलापुर जसले रीना साह जस्तो मेयर पाएको छ’ सहनीले भने ।

कोरोना भाइरसको संत्रास तथा लकडाउनको संवेदनशील एवं संकटपुर्ण समयमा प्रत्येक नागरबासीको आवश्यक्ता एवं चाहना अनुसार मेयर साहको सहयोग गर्ने कार्यले नगरबासीले खुशी व्यक्त गरेका छन् ।

प्रदेश २ का स्थानीय तहमा एक मात्र निर्वाचित महिला मेयर साहले शुरुदेखी नै सर्वसधारणलाई सहयोग गर्दै आएकाले नगरबासीमा लोकप्रिय बनेकी छन् ।

(Visited 1,508 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘जनस्वास्थ्य विपद् अवस्था’ घोषणाको तयारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जनस्वास्थ्य विपद् अवस्था’ (हेल्थ इमरजन्सी) घोषणाको तयारी गरेको छ । कोरोना सङ्क्रमणको अवस्था दिनानुदिनु बढेपछि ‘कोभिड–१९ महामारी स्वास्थ्य...

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९६१ पुग्यो

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा थप १०२ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश...

अधिकांश सङ्क्रमितमा कोरोनाको लक्षण छैन

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण भएका अधिकांश सङ्क्रमितलाई भाइरसको लक्षण नदेखिएको पाइएको छ । सङ्क्रमितलाई रुखाघोकी, ज्वरो, श्वास फेर्न गाह्रो, स्वाद थाहा नपाउने, थकाइ...

प्रदेश २ को प्रदेशसभाका ५ मर्यादापालकमा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभामा कार्यरत रहेको पाँच जना मर्यादा पालकमा समेत कोरोना संक्रमित भएको छ । प्रदेशसभा सचिवालयका ५ जना मर्यादा...

भर्खरै

क्वारेन्टाइनमा पौष्टिक आहार वितरण

डडेल्धुरा । अजयमेरु गाउपालिका– २ का युवाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई दैनिक पौष्टिक आहार वितरण गर्दै आएका छन् । अजयमेरु गाउपालिका– २ भित्र रहेका ४...

बझाङका एक युवामा कोरोना संक्रमण पुष्टि

बझाङ । भारतबाट बझाङ आएका एक युवामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । एक साताअघि मात्रै भारत बाट जिल्ला पुगेका विथ्थडचिर गाँउपालिका...

अभिनेत्री मनीषा काठमाडौंको होटल क्वारेन्टाइनमा

काठमाडौं । अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंमा होटल क्वारेन्टाइनमा छिन् । मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन् । दुई साताअघि...

ब्रेमेनलाई रेलिगेसन डर

म्युनिख । आइनट्राख्ट फ्रान्कफर्टसँगको हारसँगै जर्मन बुन्डेस लिगामा वेर्डर ब्रेमेनलाई रेलिगेसन खतरा बढेको छ । ब्रेमेन घरेलु मैदानमा फ्रान्कफर्टसँग ३–० ले पराजित भएको थियो...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)