प्रकाश पण्डितको मुटुभित्र सार्वजनिक

दैलेख । गीतकार प्रकाश पण्डितको मुटु भित्र नेपाल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। देशभक्ति भावनाले ओतप्रोत मुटु भित्र नेपाल गीतले देशको बयान गरिएको छ। उक्त गीतमा प्रकाश पण्डितको शब्द ,संगीत गायक थानेश्वर गौतमको रहेको छ।

लोकप्रिय गायक थानेश्वर गौतमको स्वर रहेको गीतको म्युजिक भिडियोमा नायक राजेश हमालले अभिनय गरेका छन् । सुव्रत आचार्यको निर्देशनमा पारिएको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् ।

गीतले देश प्रतिको माया, आस्था र बिस्वासलाइ मिठो तरिकाले गीतमा वर्णन गरिएको गीतका सर्जक प्रकाश पण्डितले बताए ।पछिल्लो समय युवा पुस्तामा हराउँदै गएको देशप्रेम र आम नेपालीले बिर्सिदै गएकाले जन्मभूमिलाई राष्ट्रप्रेमको भावनाले ओतप्रोत गर्ने लक्षका साथ उक्त गीत बजारमा ल्याइएको उनले राजधानीलाई जानकारी दिए ।

उनले भने हाम्रो देश यति धेरै सुन्दर, देव देवी, ऋषिमुनीको बास भएको धेरै सम्भावना भएको देश हो ! तैपनि विश्वको मानचित्रमा सधै पछाडि परिरह्यो ! तर जनचाहना भने यो देशको सदा उन्नती प्रगति देख्ने रहिरह्यो ! त्यसै भावमा रहेर यो देशमा जन्म लिएकोमा देशको ’boutमा पनि केही गरुं ! आफू मरेर गएपनि आफूलाई देशले सम्झने काम गरुं भन्ने भावले यो गित लेखेको समेत गीतकार पण्डितको भनाई छ ।

उनले गीत सार्वजनिक भएसंगै स्रोता दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया मिलिरहेको समेत बताए। गीतकार पण्डित २०४५ सालमा सरकारी जागिरे सेवामा प्रबेश गरेका उनी काठमाडांै जिल्ला अदालतमा जिल्ला न्यायाधीशको रुपमा कार्यरत छन् ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव