बालिकामाथि सामुहिक बलात्कारको आरोपमा पाँच जना पक्राउ

मुगु । मुगुमा एक बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलासा भएको छ।उनी बालिका १४ बर्षकी रहेकी छन ।

बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ भने अन्य चार जना फरार छन् । छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायाँनाथ नगरपालिका– ५ कार्कीवाडाका ३० वर्षीय बसन्तबहादुर कार्की र कृषि विकास कार्यालय गमगढीका सहयोगी २२ वर्षीय बसन्त रोकाया रहेका छन् ।

त्यस्तै अन्य तीन जना बालक भएका कारण उनीहरूको नाम खुलाइएको छैन । ती बालिकामाथि गत असोजमा बलात्कार भएको देखिएको हो । बालिकाको गर्भमा भ्रूण हुर्कँदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मुगुकाका अनुसार कृषि विकास कार्यालय गमगढीकै सवारी चालक जुम्लाको चन्दननाथ नगरपालिकाञ् ७ का ३० वर्षीय पदमबहादुर कठायतसहित तीन जना फरार रहेकाे जनाएको छ ।

बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको समेत खुलेको छ । बालिकाको स्वास्थ्य बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेका थिए । चेकजाँचका क्रममा उनको पेटमा गर्भ रहेको देखिएपछि उनीमाथि बलात्कार भएको घटना बाहिरिएको हो । प्रहरीका अनुसार गत असोजमा बसन्तबहादुर कार्कीले बालिका बस्ने डेरामै गएर एकछिन काम छ भनी बोलाएर तान्दै आफ्नो कोठामा लगेका थिए ।

साथै बसन्त रोकाया र पदमबहादुर रोकायाले बालिकालाई बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ ।फरार भएकाहरुलाई पनि प्रहरीले खोजीरहेको छ । पीडित बालिकालाई एक संस्थाको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 184 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवामा कार्यरत कालिकोटका ६ जना सम्पर्कविहीन