क्षेत्रपाटीबाट हुण्डी व्यापारी अग्रवाल पक्राउ

काठमाडौं ।  हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा व्यापारी नरेश अग्रवालसहित चार जना पक्राउ परेका छन् ।

थप अनुसन्धान भइरहेको छ: प्रहरी

क्षेत्रपाटीबाट अग्रवाल र अन्य तीन जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । उनीहरूको साथबाट विभागले दुई करोड तीस लाख नेपाली रकम र दुई हजारजति डलर बरामद भएको ढुंगानाले जानकारी दिए।

बिहीबार बेलुकाबाट विभागले विशेष अपरेसन चलाएर राति उनीहरूलाई पक्राउ गरेको ढुंगानाले बताए । अग्रवाल क्षेत्रपाटीका कपडा व्यवसायी हुन्। उनको क्रिप्टोकरेन्सी, हुण्डी, सुनको शंकास्पद कारोबार रहेको बुझिएको छ।

‘अवैधानिक कारोबार’bout अहिले अनुसन्धान भइरहेको छ, हामी रकम र कारोबारको कनेक्सन’bout अनुसन्धान गरिरहेका छौं,’ ढुंगानाले भने । शंकास्पद अन्य तीन व्यक्तिको संलग्नता’bout अनुसन्धान भइरहेकाले विभागले नाम खुलाएको छैन।

विभागले बरामद रकम गणना गरिरहेको उनले बताए । ‘दुई हजारजति डलर बरामद भएको छ, अहिले गन्ती गरिरहेका छौं,’ उनले भने।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा