काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक अन्तरविरोध किटान गरेर अगाडि बढ्नुपर्ने बताएका छ्न । नेपालको कम्युनिस्ट आन्दोलन, विगत, वर्तमान र भविष्य विषयमा शुक्रबार नगरकोटमा प्रशिक्षण दिँदै खनालले यस्ताे बताएका हुन् ।
काँग्रेस, रास्वपा, राप्रपा, लोसपा दलाल पुँजीपतिको प्रतिनिधि पार्टी रहेको उनले बताए । वर्गीय अन्तर्विरोध समाजवादी क्रान्तिभर रहने उनले बताए । प्रधान अन्तर्विरोध परिवर्तन भैइरहने उनले बताए । अन्तर्विरोध छुट्टाउन नसके आन्दोलन कमजोर हुने खनालको ठम्याइ छ ।
वर्गीय अन्तर्विरोध समाजिक अन्तर्विरोधको रुपमा देखिने उनले बताए । पुनस्र्त्थानवादी सल्बलाउनुको कारण खोज्नुपर्नेमा उनले जोड दिए । आफ्नो ईश्यु उठाउनेलाई जनताले साथ दिँदै आएको उनले बताए । भूमी सुधार र कृषि क्रान्ति वामपन्थीले गर्नुपर्ने उनले बताए । त्यसैको जगमा समाजवादी क्रान्ति अगाडि बढाउनुपर्ने उनले जोड दिए ।
खनालले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण, वर्ग अडान, विश्लेषण गर्ने बैज्ञानिक पद्धति को आधारमा मार्क्सवादलाई बुझ्नुपर्ने बताए । मार्क्स र लेनिनलाई पढ्न तथा नेपाली समाजलाई बुझ्न उनले आग्रह गरे । केन्द्रीय स्कुल विभागले आयोजना गरेको प्रशिक्षण नगरकोटमा जारी छ । जबजको युग सिद्धिएको र अब हामीले नेपाली जनतालाई समाजवादको दिशातिर लैजानुपर्ने कुरामा खनालको जोड थियो।






