सरकारको उदासिनताले कृषि उत्पादनमा ह्रास : मेयर साह

बारा । कृषि उत्पादनमा बारा अब्बल रहे पनि तथ्याङ्कमा ४३ प्रतिशत मात्र रहेकोमा कलैया उपमहानगरपालिका प्रमुख विनोद साहले दुखेसो पोखे । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, बारा उधोग वाणिज्य संघ र न्युन बिजनेस युज प्रालीले मधेश समृद्धि शृंखला-३ अन्तरसंवाद अन्तर्गत शुक्रबार कलैयामा आयोजना गरिएको बाराको अर्धसमाजिक रुपांतरण विषयक अन्तरसंवादमा बोल्दै उपमहानगर प्रमुख साहले सरकारको गैर जिम्मेवारीपनले स्रोत साधनको बावजुद कृषिमा पिछडिएको बताए ।

नेपाल सरकारले समयमा मल खाद, बिऊ उपलब्ध गराउन नसक्दा उत्पादनमा कसरी बृद्धिको आशा राख्नु सकिन्छ उनले भने । कृषकलाई खेती गर्न समयमा बिऊ मलखाद उपलब्ध नगराउदा उत्पादनमा ह्रास आएको नगरप्रमुखले बताए । भारतबाट अर्यात गरेको मल खाद प्रहरी प्रशासनले रोक्दा समयमा प्रयाप्त नभ एको उनले बताए । सहकारीबाट मलखादा वितरण गर्न अनियमितता हुदा कृषिमा कसरी बृद्धि हुन्छ भन्ने प्रश्न गरे ।

वनले भरिएको बारा पछाडि पर्नुको मुख्य कारक तत्व वन फडानी रहेको बताए । वन फडानी कै नाममा विभिन्न समितिहरू गठन गरि दिनहु वन मासिदै गएको उनले आरोप लगाए । वन फडानीले चुरे तराई मासिदै गएको समेत नगरप्रमुख साहले बताए ।

भ्रुण हत्या पाप भए पनि महङ्गो लगानी गरेर डिग्री लिएर आएका डाक्टरहरू थोरै पैसाको लोभमा भ्रुण हत्या गर्ने डाक्टरलाई कारवाही गर्दा छोराछोरीको भेदभावमा कमी ल्याउन सकिने उनले बताए । विकृतिलाई जरै देखि समाप्त गर्ने हो भने, आफैबाट सुरुवात हुनुपर्नेमा नगरप्रमुख साहले जोड दिएका थिए ।

कृषि बजारको लागि ३४ कठ्ठा जग्गामा २५ करोड विनियोजन गरे पनि आपसी विवादले कृषि बजारको लागि आएको बजेट स्वाहा भएको उनले बताए । दिनदहाडै सुरक्षामा कमि कमजोरी देखेकोले मुख्य मन्त्रीसंग समन्वय गरि सिसाटिभी जडानको लागि ४० लाख विनियोजन गराउन प्रतिबद्धता गरे पनि मुख्य मन्त्री आफुले बोलेको कुरामा अडिग नरही सम्पुर्ण बजेट आफ्नो नगरपालिका सिम्रौनगढमा दिएको बताए ।

बाराको शिक्षाको प्रवृत्ति दयनिय रहेको स्वीकारेका छन् । गुणस्तरीय शिक्षा कसरी लागु गर्ने याहाको प्रवृत्ति खस्किदै ग एको उनले बताए । शिक्षक भर्नाको लागि विग्यान गरे पश्चात आफुलाई १०\१० लाख घुस दिएको अनुभव सुनाए । आफुले ति शिक्षकको घुस लिएर आफुले भर्ती गरेको भए कल्पना गर्नुस कस्तो शिक्षा पाउछौ ।

सरकार भ्रष्टाचारमा लिप्त रहेकोले विकासको परिकल्पना बालुवामा पानी राख्नु सरह रहेको मेयर साहले बताए । विकासको लागि केन्द्रबाट ल्याउन बजेटको लागि कमिसन नदिदा बजेट समयमा पास नगराउने आरोप लगाए ।

कोलनिकामा बिना कमिसनको पैसा निकासा नगरेको आरोप लगाए । जनप्रतिनिधि विहिन भएको बेला भएको भ्रष्टाचारले तत्कालीन जनप्रतिनिधि भएको बेला खोजिएन मेरो कार्यकालमा खोजेर विकासमा अवरोध पुर्याएको आरोप लगाए ।

कृषी ज्ञान केन्द्रका रामजिवन ठाकुरले कृषिलाई आधुनिकीकरण गर्नु पर्नेमा जोड दिएका थिए । अवको खेती हलो, कोदालोले संभव नरहेको ठाकुरले बताए । युवालाई प्रोत्साहित गर्नु नया प्रविधिमा अधारित खेतीमा जोड दिनुपर्ने उनले बताए ।

स्वदेश मै शिक्षामा लगानी गरियो भने अर्वौको लगानि गरि विदेश पढन जाने युवायुवतीलाई स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गरियो भने आर्थिक उन्नतीमा बृद्धि हुने शिक्षा विद प्रेम कुमार उपाध्ययले बताए ।

नेपाल उधोग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष अशोक कुमार टेमानी, बारा उधोग वाणिज्य संघका अध्यक्ष राजकुमार साह, न्युन बिजनेस एजका अध्यक्ष मदन लम्साल कलैया उप-महानगर अध्यक्ष विनोद साह, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, कर अधिकृत रोशन कुमार झा, मोहन शर्मा लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीलंकन प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल अनुबन्धित