काठमाडौं । राजन खरेल पेशाले सिनेमाटोग्राफर हुन् । उनले छायाँकन गरेको नयाँ चलचित्र ‘चिठ्ठी’ जेठमा रिलिज हुने भएको छ । उनी यतिबेला नयाँ लघु चलचित्रको छायाँकनमा व्यस्त छन् ।
काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर ५मा जन्मिएका उनी चलचित्र, म्युजिक भिडियो तथा बृत्तचित्रका अहिलेका व्यस्त छायाँकर हुन् । खरेलले खिचेको चलचित्र दुर्गामाण्डौ र कुइनेटो रिलिज भईसकेको छ । हामी किसानी, कर्महारा चेली, म त गीत गाउँछु हजुर, मलाई बुद्धले देखाको, तिमि पागल पागल, हाम्रो साझा हिमाल सहित थुप्रै म्युजिक भिडियोको उनले छायाँकन गरिसकेका छन् । उनले तीन दर्जन वृत्तचित्रहरुको पनि सफल छायाँकन गरिसकेका छन् ।
संसारकै अग्लो स्थानमा छायाँकन गरिएको हाम्रो साझा हिमाल बोलको म्युजिक भिडियोले सन २०१९मा विश्वकिर्तिमानी कायम गर्न सफल रहेको थियो, शो गीतको छायाँकन खरेलले नै गरेका हुन् । यस्तै हाम्रो साझा हिमाल बोलको गीत भिडियो मार्फत खरेलले दुबईमा एम.एस.एन. एक्सिलेन्सि अवार्ड २०२१ मार्फत सर्वोत्कृष्ट छायाँकारको अवार्ड समेत प्राप्त गर्न सफल भएका थिए । त्यस लगत्तै सन २०२० मा छायाँकार खरेलले सोही शिर्षकमै बनेको रेकर्डलाई ब्रेक गरेर फेरि अर्को विश्वकृत्तिमान कायम गर्न सफल भएका थिए ।
सोलुखुम्बुको जिल्लको गोक्योमा सम्पन्न भएको एभरेष्ट अनर अवार्ड २०१९ मा दुर्गामाण्डौ चलचित्र मार्फत सर्वोत्कृष्ट छायाँकारको अवार्ड प्राप्त गरेका खरेल भने सन २०२३ मा स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय चलचित्र महोत्सवमा खहरे पाँगु बृत्तचित्र मार्फत सर्वोत्कृष्ट छायाँकारको अवार्ड उचाल्न सफल भएका थिए भने काठमाण्डौको रसियन कल्चरमा सम्पन्न नेपाल सर्ट फिल्म अवार्ड – २०२३ मा सर्ट फिल्म ‘अ हिडन लाईफ’बाट राजन खरेल सर्वोत्कृष्ट छायाँकारको अवार्ड चुम्न सफल भएका छन् ।
त्यसैगरी नेपाली चलचित्र तथा गीतसंगीत क्षेत्रमा सक्रिय रुपमा लागिरहेका खरेललाई चलचित्र संरश्रण मच्च द्वारा छायाँकार सम्मान, गौरीशंकर च्छोरोल्पा मिडियाले विश्वकृत्तिमानी सम्मान, हिमाल एफ.एम.ले हिमाल साहसिक कला सम्मान लगाएत थुप्रै संघ संस्थाहरुले समेत सम्मानित गरिसकेका छन् । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को कोषाध्यक्ष रहेका खरेल नेपाल चलचित्र कलाकार तथा श्रमिक संगठन र राष्ट्रिय लोकसाँस्कृतिक संघको केन्द्रिय सदस्य हुन । उनि विभिन्न संघ संस्थाहरुमा समेत अवद्ध रहेका छन् ।
दृश्यमा चाँगुनारायण नगरपालिका, बागमती सभ्यताको ईतिहास, दृश्यमा भुम्लु गाउँपालिका, खहरे पाँगु, यात्रा सेफोक्सुन्डो, यात्रा काठमाण्डौ टु गोक्यो लगायतका दर्जनौं प्रवद्र्धनात्मक बृत्तचित्रहरु र एनिमल नेपालको प्रस्तुती र परिवर्तन नेपालको सहकार्यमा तैयार भएको नेपाल टेलिभिजनवाट पाक्षिक रुपमा प्रदर्शन हुँदै आएको एनिमलहरु सम्बन्धि बनेको वृत्तचित्र ‘द भवाईस लेस भ्वाईस’ को छायाँकान पनि खरेलले नै गरेका थिए । खरेलले दर्जनौ टेलिभिजन कायक्रमहरु र विज्ञापनहरुको समेत छायाँकन गर्दै आईरहेका छन् ।






