सामाजिक अभियान्ता गिभिना मगर गम्भीर बिरामी

काठमाडौं । पोखराकी युवा सामाजिक अभियान्ता गिभिना मगर गम्भीर विरामी भएकी छन् । उनी चार दिनयताबाट काठमाडौैंको वीर अस्पतालमा उपचारका क्रममा छिन् । आफूलाई के भएको हो भनेर उनले बताउन चाहेकी छैनन् । आफूलाई पुरानै रोग बल्झिएका कारण उपचारमा रहेको उनले सञ्चारकर्मीलाई बताएकी छन् ।

टिकटक लाइभमा बस्दा आएको पैसाले लामो समयदेखि सामाजिक सेवा गर्दै आएकी गिभिनाले आफू एक्कासी बेहोस भएर अस्पताल भर्ना भएको बताएकी छन् । यसअघि पनि आफू बेला बेलामा बेहोस हुँदै आएको र यसपटक सो समस्या निकै बढेको उनले बताएकी छन् । उनी मस्तिष्कसम्बन्धी समस्याबाट ग्रसित भएको बताइएको छ । उनले यसलाई ‘पेनिक एट्याक’ भनेकी छन् । तर, अस्पतालले भने उनको अवस्था सुरुको भन्दा सामान्य हुँदै गएको जनाएको छ ।

बिरामीका कारण अस्पताल भर्ना भएपछि एकपटक टिकटक तथा फेसबुक लाइभमा आएर आफू गम्भीर बिरामी भएको उनले बताएकी छन् । त्यसपछि गिभिना सामाजिक सञ्जालमा लाइभमा आएकी छैनन् । उनी तन्नेरी पुस्ताकी सामाजिक अभियान्ताका रूपमा परिचित छिन् । सामाजिक सञ्जालमा खोजिने व्यक्तिमा उनी पनि पर्छिन् ।

पोखरा निवासी गिभिना पेसाले शिक्षिका हुन् । उनले स्कुले जीवनबाटै सामाजिक कार्यमा हात हालेकी हुन् । स्कुल अध्ययनका क्रममा आफ्नो खाजाको खर्च जोगाएर विभिन्न पाटीपौवा तथा चौतारोमा रहेका दिनदुःखीलाई पैसा तथा विभिन्न सामग्री प्रदान गरेर सामाजिक कार्य सुरु गरेको उनले बताउँदै आएकी छन्, ‘मैले स्कुले जीवनबाट सुरु गरेको सामाजिक कार्यलाई निरन्तता दिँदै आएकी छु । पछिल्लो समय टिकटक लाइभमा बसेर त्यसबाट उठेको रकम सामाजिक कार्यमै लगाउँदै आएकी छु ।’

उनले मिर्गाैला पीडित, सडकमा अलपत्र परेका तथा विभिन्न प्राणघातक रोगबाट पीडित आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आएकी छन् । ‘मलाई यसरी दिनदुःखीको सहयोग गर्न पाउँदा निकै आनन्द मिल्ने गरेको छ,’ उनले बताएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 783 times, 1 visits today)

epaper

ताजा समाचार

मुलुकभर तापक्रम बढेपछि सतर्कता अपनाउन अनुरोध