कलियुगको द्वारका बन्दै मालदिभ्स

हालै अरबमा सम्पन्न जलवायु सम्मेलनमा मालदिभ्स डुबान’bout खासै कुरा उठेन । यो प्राथमिकतामा परेन । यद्यपि, यो सम्मेलनमा जलवायु परिवर्तनका कारण हिमालयको हिउँ पग्लिएको र त्यहाँका जनता र विशेषतः स्थानीय जलवनस्पतिमा निर्भर रहने जनजाति आदिवासी निकै प्रभावित भएको कुराले चर्चा भने पायो ।

जलवायु परिवर्तनका कारण असर भोगिरहेका देशले क्षतिपूर्ति पाउने भन्ने कुरा केवल कागजी घोषणामा मात्र सीमित छ । यसको कार्यान्वयनका लागि अग्रसरता पनि देखिएको छैन । ठूला राष्ट्रमा यसको कार्यान्वयनको दायित्वबोध पनि छैन ।

फलतः दुःख भोग्नेले भोगिरहेको छ । दुःख दिनेले दिइरहेको छ । जललायु परिवर्तनको ठूला–साना सबै राष्ट्रले भोगे पनि ठूला राष्ट्रले हरित गृह ग्यास उत्सर्जन गरेवापत उत्पादित माल संसारभर निर्वाध बिक्रीवितरण गरी मुनाफा कुम्ल्याउन पाइरहेका छन् । तर, यसको असर अविकसित र विकासशील राष्ट्रले नराम्ररी भोगिरहेका छन् ।

हिमाली देश नेपालसहित समुद्री देश मालदिभ्स यसको सिकार भइरहेको छ । महासागरका बीचमा द्वीपहरू मिलेर बनेको मालदिभ्स अबका केही वर्षमा डुुबानको पर्खाइमा छ । माददिभ्सको भूखण्डको पाँच भागको चारभाग समुद्री सतहभन्दा बढीमा एक मिटरको उचाइमा मात्र अवस्थित छ । चारैतिर समुद्री किनारा रहेको यसको ६४ प्रतिशत भूभाग समुद्री छाल र वर्षाका कारण तीव्र भूस्खलनको चपेटामा छ ।

द्वापर युगमा समुद्री किनारामा रहेको श्रीकृष्णको द्वारका अहिले समुद्रभित्र समाहित भएको अवस्थामा रहेको मानिन्छ । समुद्रको पानीको सतह माथि आएर हो वा भौगर्भिक गडबडीका कारणले हो, द्वारका पानीभित्र रहेको विश्वास गरिन्छ । कसैकसैले त द्वारका नगरीले आफंैमा जलसमाधि ग्रहण गरेको भन्न पनि पछि पर्दैनन् । तर, धर्मशास्त्रमा द्वारका समुद्रमा डुबेको मानिन्छ ।

मालदिभ्स अहिले यस्तै समस्याको नजिक छ । देशको चारैतिर भइरहेको भूक्षयले यसलाई डुबानको तीव्रतातिर समाहित गर्न खोजिहेको छ । तर, पनि आवश्यक भए जति अन्तर्राष्ट्रिय चासो यसमा जाहेर हुन सकेको छैन । संयुक्त राष्ट्र संघको युनिसेफका अनुसार मालदिभ्सका मानवसेवासँग सम्बन्धित अधिकांश विद्यालय तथा अस्पताल समुद्री किनारदेखि केवल सय मिटरको उचाइमा छ ।

भविष्यका कर्णधार बालबालिका पढ्ने यी विद्यालय र बिरामीको सेवा दिने अस्पतालको हालत निकै सोचनीय छ । भूगर्भशास्त्री, वैज्ञानिक तथा विशेषज्ञ चिन्तित छन् । उनीहरूले सन् २०५० सम्म मालदिभ्स बसोबासयोग्य भूमि रहला कि नरहला भन्ने आशंका गरिरहेका छन् । किनकि, जलवायु परिवर्तनको प्रत्यक्ष मार माल्दिभ्सले हर सेकेन्ड भोगिरहेको छ ।

सामुद्रिक छाल एक सेकेन्ड पनि नरोकिएर किनारामा ठोकिइरहन्छन् र जमिन भत्काइरहन्छन् । मालदिभ्स कार्बन उत्सर्जन कम गर्नमा प्रतिबद्ध छ । मालदिभ्स आफैंले कार्बन उत्सर्जन घटाउन नवीकरणीय ऊर्जा र बिजुली गाडीको प्रयोग गरिरहेको छ । हरेक स्थानमा वृक्षरोपण गरिरहेको पनि छ । तर, ठूला र अतिविकसित भनिने देशहरू वैश्विक तापमान कम गराउने अवस्थामा देखिँदैनन् । वैश्विक तापमान वृद्धिले यसरी निरन्तरता पाउँदै जाने हो भने मालदिभ्स ‘आधुनिक द्वारका’ बन्ने खतरा बढेर गएको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान