काठमाडौं । ऐतिहासिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियरको धरानमा ऐतिहासिक प्रिमियर हुने भएको छ । रिलिज मिति नजिकिँदै गरेको यो चलचित्र ११ फागुनबाट देशव्यापी प्रदर्शन हुँदै छ । त्यसअघि यो चलचित्रको ५ फागुनमा धरानमा ऐतिहासिक प्रिमियर गर्न लागिएको हो ।
गोर्खा वारियरको बेलायतमा यसअघि ऐतिहासिक रेडकार्पेट प्रिमियर सम्पन्न भएको थियो । हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लिसेस्ट स्क्वायर लन्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौ २४ गते अन्तर्राष्ट्रिय ऐतिहासिक प्रिमियर गरिएको थियो । सो प्रिमियरमा दर्शकको व्यापक प्रशंसा पाएपछि नेपालसहित विभिन्न देशबाट यो चलचित्रको प्रिमियरका लागि उच्च माग बढेको छ । यसै क्रममा ५ फागुनमा धरानमा प्रिमियर गर्न लागिएको निर्देशक चाम्सले जानकारी गराएका छन् ।
सो प्रिमियरको आयोजना’bout निर्देशक मिलन चाम्सले भने, ‘प्रिमियरका लागि हामीले यही २३ गते धरानमा पत्रकार सम्मेलन गरेर सो क्षेत्रमा थप जानकारी गराउँदै छौं । ऐतिहासिक प्रिमियर तयारी समितिले एक दर्जनभन्दा बढी विभिन्न जातजातिको जातीय पोसाक र बाजागाजासहित गोर्खा वारियरको ब्यारन बोकेर धरान सहरमा ¥याली गरेर सो टोली प्रिमियरमा सहभागी हुने सिनेमा हलसम्म पुग्नेछ ।’ यसैगरी अन्य सहरबाट पनि ¥यालीसहित प्रिमियरमा बृटिस आर्मीहरू आउने पनि उनले जानकारी गराए ।
निर्देशक चाम्सका अनुसार प्रिमियर आयोजक समितिले धरानको अहिलेसम्मकै विशिष्ट प्रिमियरका रूपमा गोर्खा वारियरको ऐतिहासिक प्रिमियर गर्न लागेको जनाएको छ । धरानको प्रिमियर’bout निर्देशक चाम्सले अगाडि थपे, ‘पूर्वबृटिस आर्मी तथा बृटिस आर्मीहरूको धेरै बसोबास भएको धरानमा हामीलाई प्रिमियरका लागि बारम्बार आग्रह आएका कारण हामीले त्यहाँ प्रिमियर गर्न लागेका हौं । धरानको प्रिमियर ऐतिहासिक बनाइने र त्यसमा पूर्वपाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरका पूर्वबृटिस आर्मीहरू सहभागी हुने तयारी गरिरहनुभएको छ ।’

सो प्रिमियरमा बृटिस गोर्खा आर्मीसँगै नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका उच्च पदाधिकारीहरू, विभिन्न सरकारी निकायका उच्च पदाधिकारी, स्थानीय सरकारका प्रमुख एवं त्यहाँका विशिष्ट व्यक्तित्व सहभागी हुने पनि चाम्सले जनाएका छन् । उनका अनुसार नेपालका लागि यो पहिलो प्रिमियर भएकाले यसलाई ऐतिहासिक तुल्याइनेछ । धरान यसपछि अन्य सहरमा पनि यस्तै प्रिमियर गरिने र सो’bout केही दिनभित्रै जानकारी गराउने पनि निर्देशक चाम्सले जानकारी गराए ।
त्यसो त हालै गोर्खा वारियरले हालै ‘ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस्’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा त्यत्तिकै बढेको थियो । गत साता यो चलचित्रको ट्रेलर रिलिज गरेपछि गोर्खा वारियरको ‘हाइप’ ह्वात्तै बढेको छ ।
गोर्खा वारियर नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरी चार भाषामा निर्माण भएको छ । यो चलचित्रको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अंग्रेजी संस्करणको निर्माण पनि अन्तिम अवस्थामा पुगेको छ ।
गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको छ । यसमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन् । यही चलचित्रबाट नायकमा डेब्यु गरेका रितेस चाम्स आफैं बृटिस गोर्खा आर्मीसँगै पाइलट पनि हुन् ।
यो चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई छन् ।
यो चलचित्रको गीत शैलेन्द्र खनाल ‘शरद’ले लेखेका हुन् भने सो गीतमा एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो चलचित्रमा सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन रहेको छ ।





