दोस्रो विश्वयुद्धको रोमाञ्चक घटना हो, रुसले हिटलरी जर्मनलाई हराएको । कसैले पनि हराउन सक्ने अवस्था थिएन जर्मनीलाई । बेलायत र अमेरिका जर्मनसँग लड्ने मुडमा थिएनन् । प्रथम विश्व युद्धको विभीषिका देखेका उनीहरू थप जोखिम मोल्न तयार थिएनन् । तर, जर्मनी हिटलरले यही नै मौकामा विश्वयुद्ध थाल्ने सुर कसिसकेका थिए ।
दोस्रो विश्वयुद्ध थालेका हिटलर रुसको मुटु तथा राजधानी स्तालिन ग्रादमै युद्ध सुरु गरेको एक वर्षभित्रै पुगिसकेका थिए । मात्र बाँकी थियो, युद्ध समाप्तिको घोषणा गर्न । तर, यसैबेलामा दोस्रो विश्व युद्धले करवट बदल्यो । स्टालिन ग्रादमा रुसको विजय भयो । यो अद्वितीय तर कारुणिक घटनामा रुस एक्लै लडेको थियो । त्यसो भए कसरी सम्भव भएको थियो, यो युद्ध जित्न ?
२३ अगस्ट सन् १९४२ देखि सुरु भएको रसियामाथिको जर्मनी फौजी धावा १९४३ फेब्रुअरी २ मा मस्कोस्थित स्टालिन ग्रादमा रसियाका सामु जर्मनी आत्मसमर्पणपछि टुंगिएको थियो । रुसी विजयका निर्णायक र प्रेरक यस्ता थिए ।
महिला सेनाको एक रेजिमेन्ट बनाइएको थियो । यसको नाम हजार सतहत्तर विमानभेदी रेजिमेन्ट राखिएको थियो । युवा महिला हाइस्कुल उमेरका थिए । उनीहरूको जिम्मा भनेको जर्मनको १६औं पाञ्जर डिभिजनलाई क्षतविक्षत बनाउनु थियो । जर्मनको १६औं पान्जर डिभिजनले स्टालिनग्र्रादको ट्य्र्राक्टर फ्याक्ट्रीमाथि आक्रमण गर्दैगर्दा हजार सतहत्तर विमानभेदी रेजिमेन्टले भीषण प्रतिरोध ग¥यो । यो रेजिमेन्टले जर्मनका ८३ ट्यांक, १५ थल साधन र ३ बटालियन सेना ध्वस्त पार्दै १४ युद्धक विमान खसालिदिएको थियो ।
स्टालिनग्रादको ट्रयाक्टर फ्याक्ट्रीले रुसलाई युद्ध जित्न सघाएको थियो । यो रसियाका लागि हतियार तथा बन्दोबस्तीका सामान उत्पादन गर्न बनाइएको थियो । यहाँ तीव्र गतिमा निर्माणका काम गरिन्थ्यो । लडाइँमा भएका र बिग्रिएका ट्यांकर तथा अन्य साधन निकै छोटो समयमा तयार पारिन्थ्यो । यसले विजयमा ठूलो टेवा पु¥याएको थियो ।
मायायेभ कुर्गनको प्रतिरोध विजयको अर्को ठूलो प्रेरक थियो । यहाँ रुसी जनधनको निकै कारुणिक क्षति भएको थियो । भनिन्छ, यो नै पृथ्वीको हालसम्म सबैभन्दा ठूलो मानवीय क्षति भएको ठाउँ हो । यहाँ जर्मनको छैटौं बटालियनले आक्रमण गर्दा उक्त लडाइँमा १० हजार मानिस एकै ठाउँमा मारिएका थिए । यो सहरी इलाका थियो ।
बोल्गा नदीको किनारमा अवस्थित पाब्लोको घरमा जर्मनी सेनाले कब्जा गर्दा मात्र २५ जना रुसी सेनाले जर्मनीलाई हटाएर त्यो घर बचाएर राखे । यो युद्ध अवधिभर अभेद्य किल्लाका रूपमा रहिराखेको थियो । उनीहरूले जर्मनी सेनाका लागि जर्मनले पठाएको खाद्यान्न सप्लाई गर्ने लाइफ लाइन कटाइदिएका थिए ।
२ लाख ३ हजार जर्मन सेना स्टालिनग्रादमा थुनिएका थिए । अब जर्मन सेना हायलकायल पर्न थालिसकेको थियो ।
अति चिसो हिउँदले रुसलाई जित्न सहयोग गरेको थियो । रुसको जनजीवन पनि निकै कठिन थियो चिसोको कारणले । हिटलरले लडाइँ हिउँदको जाडो अगाडि नै सकिने छ भनी अनुमान गरेका थिए । तर, रुसी रणनीतिक प्रतिरोधका कारण युद्ध लम्बियो । माइनस ३० डिग्री सेन्टिग्रेडको जाडोले सबैको प्राण लिन थालिसकेको थियो ।
भूमि र मौसमले दुवैले साथ दिन छाडेपछि जर्मनी हायलकायल बनिसकेका थिए । यहीबेलामा रुसको भीषण र असरदार आक्रमणपछि ३ लाख २० हजार जर्मनी सेनाले स्टालिनग्रादमा आत्मसमर्पण गरेका थिए ।






