ट्रकको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएपछि स्थिति तनावग्रस्त

इटहरी । मोरङको बिराटनगर बरगाछीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट २४ वर्षीय नगेन चौधरी मृत्यु भएको छ ।  बरगाछिमा स्कुटरलाइ ठक्कर दिएर भाग्न खाेजेकाे ट्रकमाथी स्थानियले आगजनि गरेका छन । 

अहिले साे स्थान तनाव ग्रस्त बनेकाे छ । दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभाइएको मोरङका एसपी दीपक पोखरेलले बताए ।

गम्भीर घाइते भएका चौधरीको उपचारका लागि कोशी अस्पतालतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको र दुर्घटनालगत्तै आक्रोसित बनेका स्थानीयले ट्रकमा आगजनी गर्दै सडक अबरुद्ध गरेका थिए। केहि समय अघिमात्र अबरुद्ध सडक प्रहरीले खुलाएको एसपी पोखरेल बताए। 
अहिले सवारीसाधन निर्वाद रुपमा संचालन भैरहेको उनले बताए। आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा एकलाख मत गन्दा बालेन्द्रलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे