‘सिर्जनाका फूलहरु’ लोकार्पित

काठमाडौं । अग्रज संगीतकार शक्ति बल्लभ र गीतकार बाबुराम पोखरेलले गीतिसँग्रह ‘सिर्जनाका फूलहरु’ सार्वजनिक गरेका छन् ।

गीतकार संघ नेपालको आयोजनामा अग्रज गीतकार विश्व बल्लभलगायतले यो सँग्रह बिमोचन गरेका छन् । सँग्रहमा शक्ति बल्लभको एकल संगीत तथा ीतकार बाबुराम पोखरेलको एकल शब्द सिर्जना रहेको छ । सँग्रहमा रहेका गीतहरुमा आनन्द कार्की, सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिशिर योगी, सुमित खड्का, माण्डवी त्रिपाठी, बानिका प्रधान र गीतकार पोखरेलको स्वरमा गीतहरु सँग्रहित छ । एल्बमका गीतमा मनोहर सुनाम र निरज श्रेष्ठले संगीत संयोजन गरेका छन भने भोला पौडेलको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको छ ।

‘सिर्जनाका फूलहरु’ गीतिसंग्रहमा असाध्यै राम्रो गीत बनेको बताउँदै गायक आनन्द कार्कीले गीतकार बाबुराम पोखरेललाई शुभकामना दिए । संगीतकार शक्ति बल्लभले संगीत उद्योगमा सुरुदेखि आजसम्म निरन्तर सफल यात्रा गर्ने संगीतकारको रुपमा पाएको र आफूले पनि रेडियो नेपालमा ‘जीवनमा धेरै खोला तर्नुछ’ पहिलो गीत गर्दादेखि हालसम्म पनि सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । उहाँले छोएका गीतहरु सफल भएका र उहाँको आशिर्वादले आफू पनि सफल भएको बताउँदै संगीतकार बल्लभको प्रशंसा समेत गरे ।

गीतकार बाबुराम पोखरेलले ‘सिर्जनाका फूलहरु’ गीतिसंग्रहमाथि आफ्ना अनुभव सुनाउँदै गाउँमा छँदाको रोधीदेखि साथीभाइको प्रेरणाले गर्दा गीतिलेखनमा लागेको बताए । गीतकार पोखरेलले आफैंले लेखेको गीतमा २०४२ सालमा नाटक मञ्चन गरिएको पनि बताए ।

त्यस्तै गीतिसंग्रहका संगीतकार शक्ति बल्लभले गीतकार पोखरेलको शब्दमा नै संगीतको लाइन रहेको जनाए । शब्द लेखनमा फरक शैली र गीतका भाव हुनु बाबुरामको विशेषता भएको उनको कथन थियो ।

कार्यक्रममा गीतकार विश्व वल्लभले गीतकार बाबुराम पोखरेलको लेखनमा इमान्दारिता झल्किएको छ भने । उपयुक्त संगीतकार, गायक गायिका चयन गरेका कारण पोखरेलका सबै गीतहरु अब्बल बनेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा