‘जनयुद्धले करिब तीन सय बर्षयताको नेपाली समाजलाई रिडिफाइन गरिदिएको छ’

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष जीपी मैनाली संगठनमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । बिगतमा काठमाडौं इन्जिनियरिङ कलेजको स्ववियु सभापति तथा माओवादी निकट बिध्यार्थी संगठन अखिल(क्रान्तिकारी)का प्रवक्ता रही सकेका मैनालीसँग समसामयिक विषयमा गरिएको कुराकानी-

जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयलाई न्यायालयले उल्टाइ दिएको छ । न्यायालयको यश निर्णयलाई तपाईंले कसरी लिनु भएको छ ?

विश्वका जुन सुकै आन्दोलनका आफ्ना सीमा हुने गर्छन । माओवादी आन्दोलनका पनि आफ्ना सीमा र परिधी पक्कै थिए होलान । विश्वको जुन सुकै आन्दोलनको इतिहास फर्काएर हेर्नुस तिनका आफ्ना विरोधी र दुश्मन शक्ति हुने गर्छन । त्यसैले त कहिले काहीँ परिवर्तनकारी शक्तिहरुमाथी पुरातनवादीहरुले सत्तै उल्ट्याई दिनेसम्मका समाचार हामी पढ्न पाई रहेका हुन्छौँ । त्यस आलोकमा हेर्दा माओवादी आन्दोलन, जसले यो देशको व्यवस्था नै परिवर्तन गराई दियो त्यसका आफ्ना विरोधी नहुने कुरै भएन । कुरा के हो भने हिजोको व्यवस्थामा राम्रो खाई–पाई आएका शक्तिमध्ये कसैले ‘हाम्रो मर्ममा चोट पुग्यो’ भनेर न्यायालयमा मुद्दा हालि दिए । कार्यपालिकाको निर्णयलाई नयाँ व्यवस्थाको जगमा उभिएको न्यायालयले उल्ट्याई दियो ।

कार्यपालिकाको निर्णयमा न्यायालयले हस्तक्षेप गर्ने हो भने कसैले– गणतन्त्र दिवसमा बिदा दिन मिल्दैन ’cause त्यसले हाम्रो भावनालाई आहात पु-यायो भनी मुद्दा हालि दियो भने के न्यायालयले गणतन्त्र दिवसका दिन दिने बिदा पनि खारेज गरिदिन्छ ? यदि त्यसो हुने हो भने नेपालको जहानिया राणाशासन अन्त्य गरेर ००७ सालमा प्रजातन्त्रको थालनी गर्दा पनि कतिको चित्त दुखेको थियो होला । ३० बर्षे पञ्चायत फालेर बहुदलको स्थापना गर्दा कयौँको चित्त दुख्यो होला र पछिल्लो ०६२÷०६३ मा ज्ञानेन्द्रको शाहको निरंकुशतालाई ध्वंस गर्दा पनि कयौँको चित्त दुख्न गयो होला । नयाँ व्यवस्थाको जगमा उभिएको न्यायालयले पुरानो व्यवस्थाका शक्तिको तुष्टीकरणका लागि निर्णय गर्ने हो वा नयाँ व्यवस्थाको रक्षाका लागि निर्णय गर्ने हो ?

के व्यवस्था परिवर्तन ट्रेमा फुलमाला सजाएर हस्तान्तरण गरिन्छ ? वा यो असाध्यै कष्ठपूर्ण संघर्ष र बलिदानबाट हासिल हुने गर्छ ? यत्ति कुरा सम्मानित न्यायालयलाई थाहा छैन होला ? अहिलेको परिवर्तन वा संघीय लोकतान्त्रिक गणतन्त्र ज्ञानेन्द्रको शाही निरंकुशतालाई ध्वंस गरेर जनआन्दोलनका दोषी कमल थापाको शक्तिलाई परास्त गरेर आएको हो । त्यसमा उनीहरुको तुष्टीकरणका लागि न्यायालयले निर्णय गरेर आजको व्यवस्था विरोधी निर्णय गर्न मिल्दैन । व्यवस्थामाथीको प्रश्न पार्टी फुटाउने निर्णय जस्तो होइन । जनयुद्ध दिवसका दिन दिइने बिदाको निर्णयलाई खारेज गरेर न्यायालयले पश्चगामी शक्तिको हौसला थपी दिएको छ । यो आफैमा दुःखद छ ।

जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको दुई दशक पनि नपुग्दै माओवादी आन्दोलनमाथी अनेकौं प्रश्नहरु खडा भएका मात्र छैन यसको ओेचित्यमाथी पनि प्रश्न गर्न शुरु गरिएको छ । यसको प्रतिरक्षा कसरी गर्नुहुन्छ?

जनताले सबै भन्दा धेरै बलिदान गरेको आन्दोलन र यसको नेतृत्वसँग आशा, अपेक्षा पनि स्वभाविक रुपमा बढी हुन्छ नै । यसलाई दुईटा कोणबाट हेर्दा उपयुक्त होला । पहिलो, माओवादी आन्दोलन वा त्यसको नेतृत्वले नेपाली जनताको स्वतन्त्रता र मुक्तिको आकांक्षालाई एकै पटक ह्वात्तै सतहमा ल्याई दियो । दोस्रो, जनताको त्यो आकांक्षालाई माओवादी आन्दोलनले सहि ढंगले सम्बोधन गर्न सकेन । त्यसैले त्यो आन्दोलनमाथी बेला–बेला प्रश्न उठ्ने गर्छ । तर, तपाईंले भने जस्तो माओवादी आन्दोलन आजका दिन बदनाम, रक्षात्मक वा टुहुरो भई सकेको छैन । जनयुद्दले लगभग ३०० बर्ष पुरानो नेपाली समाजलाई रिडिफाइन गरिदिएको छ । यसले २१ लाख दलित , एक तिहाई जनजाती , त्यो भन्दा बढी संख्याका मधेशीहरुलाई एकै पटक किनाराबाट मुलधारमा ल्याइदिएको छ !

आजैका दिन पनि काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा माओवादीको विधानमाथी छलफल गर्न भनेर देशैभरीबाट नेता÷कार्यकर्ताहरु भेला भएका छन् । आन्दोलन रक्षात्मक र निम्छरो हुन्थ्यो भने त्यसले कुनै बहस र कम्पन पैदा गर्न सक्ने सामथ्र्य राख्दैन्थ्यो । तर, नेपाली समाजमा कम्पन पैदा गर्ने शक्ति भनेकै माओवादी आन्दोलन हो । बितेको तीन दशकदेखि माओवादीले क्रिया गर्ने अन्य राजनीतिक दल, बुद्धिजिवीहरुले त्यस ’round रहेर प्रतिक्रिया जनाउने मात्रै गरिरहेका छन् । पछिल्लो समय सार्वजनिक बिदा दिने वा नदिने भनेर देशैभर बहस भई रहेकै छ । त्यो बहस पनि आन्दोलनको क्रियामा आएको प्रतिक्रिया सिवाय केही होइन । नेपाली समाजमा माओवादी आन्दोलन हुँदैन्थ्यो त यो समाज उहिल्यै विश्व मानचित्रमा मुर्दा समाज भनेर दर्ज हुने थियो । माओवादी पार्टी र आन्दोलनले यो समाजलाई मुर्दा हुनबाट जोगाएको छ ।

ल तपाईंकै कुरालाई शहि थापौं तर त्यही माओवादी माओवादी आन्दोलनको स्वामित्व लिन र यसको प्रतिरक्षा गर्न समाजका अरु मान्छे र माओवादीकै नयाँ पुस्ता तयार नभइरहेको जस्तो देखिन्छ नी ? तपाइलाई तेस्तो लाग्दैन ?

एउटा सानो संवादबाट तपाईंको प्रश्नलाई सम्बोधन गर्न चाहन्छु । मेरो सिंङ्गो परिवार नेपाली कांग्रेसको राजनीतिमा सम्लग्न छ । तर, म माओवादी आन्दोलनमा लागेको छु भन्ने थाहा पाएर चिन्ता गर्दै मेरो गाउँका एकजना छिमेकी मसँग कुरा गर्न आई पुगे । उनले तपाईं इन्जिनियरिङ गरेको मान्छे यस्तो पार्टीमा पनि लाग्ने हो ? भने । मैले कस्तो पार्टीमा लाग्नु राम्रो हो भनेर सोधेँ । उनले बिना संकोच– नेपाली कांग्रेस भनेर जबाफ दिए । उनको प्रसंङ्ग मैले यहाँ किन कोट्याएको भने आममानिसलाई इतिहासको धेरै जानकारी हुँदैन । उनले भनेको नेपाली काँग्रेस पनि कुनै बेलाको सशस्त्र संघर्ष गर्ने पार्टी हो । उसले पनि तत्कालिन व्यवस्थाका विरुद्ध बन्दुक उठाएको थियो ।

नेपालको मात्रै होइन आजका दिन विश्वभर जति पनि पार्टीहरु सत्तासिन छन्, उनीहरुको बिगत बारुदको धुलोबाट निर्माण भएको छ । सत्ता भनेकै हिंसाको अर्को रुप हो । के नेपालमा राणाहरुले, पञ्चहरुले यत्तिकै सजिलै सत्ता हस्तान्तरण गरेका थिए । के फ्रान्स, अमेरिका, चीन, भारतमा यत्तिकै सत्ता हस्तान्तरण भएको हो । हाम्रै छिमेकीको कुरा गरौँ न चीनमा आजका दिन जसले सत्ताको नेतृत्व गरिरहेका छन, उनी माओत्सेतुङका उत्तराधिकारी हुन् । माओले सत्ता बन्दुकको नालबाट निस्कन्छ भनेर भनेका थिए । त्यसैगरी आजका दिन भारतमा जसले सत्ताको नेतृत्व गरिरहेको छ, उनका अग्रजहरुले गान्धीको हत्या गरेका थिए ।

काठमाडौमा माओवादीको विधान सम्मेलन चलि रहेको छ, त्यहाँ भित्र सहभागी हुने युवा वा बाहिरकाहरुले पनि यथेष्ठ बहस र छलफल गरेको देखिँदैन नि ! वास्तवमै यतिबेला उठाउनु पर्ने मुद्दा के थिए ?

दु:खद पाटो नै मान्नुपर्छ नेपालको राजनीतिक क्षेत्र अन्य क्षेत्र तुलनात्मक रुपमा गतिशिल छ । यहाँ सामाजिक, राजनीतिक आन्दोलनहरु भई नै रहेका हुन्छन् । तर, राजनीतिसँगै समानान्तर रुपमा अघि बढ्नु पर्ने क्षेत्रहरु धेरै पछाडि छ । नेपालको साहित्य, पत्रकारिता, विश्वविद्यालय, बौद्धिक चिन्तनका अन्य क्षेत्रहरु पछि परे । माओवादी आन्दोलनले प्राप्त गरेको उचाई र यसका उपलब्धीको आलोकमा त्यसमाथी लेखिने कुनै पनि समकालिन साहित्य त्यहाँसम्म पुग्नै सकेन ।

नेपाली क्रान्ति’bout लेख्ने मेक्सिम गोर्कीहरुको अभाव रह्यो । माओवादी आन्दोलनले त्यस्ता मानिस जन्माउनै सकेन । आन्दोलन बाहिरकाले पूर्वाग्रहबस यस’bout लेख्न चाहेनन् । आशा गरौँ नयाँ पुस्ताले जनयुद्धका पत्र–पत्र उप्काउँदै त्यसको वास्तविक विरताको इतिहास भविष्यमा लेख्ने छ । युवाहरुले आजका दिनमा उठाउनु पर्ने मुल मुद्दा भनेकै माओवादी आन्दोलनको गौरव, त्यसका योद्दाहरुको कथा र यसको नायकमाथी विभिन्न कोणबाट साहित्य र इतिहास कसरी लेख्ने भन्ने हो ।

के परम्परागत दलहरुको संरचनागत ढाँचामा हुर्किएका तपाईं जस्ता युवाहरुले नेपाली समाजको अबकोचुनौतीको सामना गर्न सक्ने ल्याकत राख्छन् ? आजको पूस्ताको नेतृत्व दलहरुकै यूवाहरुबाट कसरी संभव छ?

हाम्रो मुलुकको राजनितिका सामु आज भन्दा ठूला–ठूला चुनौतीका पाहाड हिजोका दिनमा थियो । त्यसलाई पार गरेर हाम्रो नेतृत्वले समाजलाई यहाँसम्म ल्याई पु¥याएको कुरा प्रष्ट छ । र, अब आउने चुनौतीका निम्ती पनि चुनौती वा समस्या एक्लै आउँदैन त्यसले समाधान पनि सँगै लिएर आएको हुन्छ । पपुलिस्ट एजेण्डाबाट रातारात उकालो चढेका पात्र र प्रवृत्ति थोरै समयमा कसरी तासको महल जसरी ढल्दैछ तपाईंले देखि राख्नु भएकै छ । सैद्धान्तिक र बैचारिक जगबिनाका समूहहरुले केही समय जनतालाई भ्रम पार्न सक्छन् तर अन्ततः यो मुलुकको भविष्य कोर्ने राजनीतिक दलहरुले नै हुन् । र, तिनै दलहरु भित्र काम गरिरहेका आलोचनात्मक चेत भएका युवाहरुले नै यो देशको भविष्यको नेतृत्व गर्ने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 451 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक उपमेयरसहित ७ जनाको मनोनयन खारेज